शास्त्र अनुसार विहिबार यी कार्य गर्नुस् जीवनभर सुभफल प्राप्त हुन्छ, सबैले पढेर १/१ सेयर गर्नुहोस् !

images
शास्त्र अनुसार विहिबार यी कार्य गर्नुस् जीवनभर सुभफल प्राप्त हुन्छ, सबैले पढेर १/१ सेयर गर्नुहोस् !

बिहिबारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दु धर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, बिहिबारमा कुन देवी-देवताको पूजा गरिन्छ ।

बिहिबार:नेपाली पात्रो अनुसार बिहिबार हप्ताको पाँचौं दिन हो । यसलाई गुरूबार वा बृहस्पतिवार पनि भनिन्छ । ज्योतिषशास्त्र अनुसार यसलाई बृहस्पति ग्रहको नामले नामाकरण गरिएको हो । हिन्दू धर्मावलम्बीहरू विहिबारमा भगवान विष्णुको पूजा गर्दछन्। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्ध पदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन् ।

हिन्दू धर्मका आराध्यदेव भगवान विष्णु जसको बर्णन हिन्दू धर्म ग्रन्थहरूमा पाइन्छ । जसलाई यो संसारको पालनकर्ता मानिन्छ ।

यो पनि पढ्नुहोस् :बुधवार श्रीकृष्णको पुजा अर्चना गरे मिल्नेछ यस्तो सफलता !!

हिन्दु धर्ममा हरेक दिन विभिन्न देवी देवताहरुको पूजा गर्ने गरिन्छ । सबै दिनको उत्तिकै महत्व छ । विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको हरेक दिन बारअनुसार कुनै न कुनै देवी–देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। बुधवार भगवान श्रीकृणको विशेष दिन हो ।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल–देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पात प्रयोग गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जीवनभर राम्रो फल मिल्ने धार्मिक विश्वास रहेको छ ।

बुधबारका दिन के गर्ने ?बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी९देवताको कृपा हुने गर्छ।बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाइन्छ ।

बुधबारको व्रत बुधग्रहको कुप्रभावको शान्तिकामनाका निम्ति एवं धन, बुद्धि, विद्या र व्यापार वृद्धिका लागि पालना गर्ने गरिन्छ । यो व्रत विशाखा नक्षत्रयुक्त बुधबारबाट सुरु गर्नुपर्दछ । यसलाई कमसेकम ७ वटा बुधबारसम्म लिएर मात्र उद्यापन गर्नु पर्दछ । व्रत सुरु गर्ने दिन बिहान स्नान गरी शुद्ध भई हरियो कपडा लगाएर भगवानसामु विष्णु नाम जप गर्नु पर्दछ।

‘ॐ बुधाय नमः’ मन्त्रलाई जप गर्नु पर्दछ। यो व्रतमा पनि एकछाक नुन बार्नुपर्दछ । भोजनमा घ्यू, मुंगको दाल अथवा मुंगको दालबाट बनेका परिकार ग्रहण गर्नु पर्दछ । दान गर्दा पनि यिनै चीजहरू दान गर्नुपर्दछ ।

अन्तिम बुधबारचाहिँ दही, घ्यूले हवन गरी हरियो कपडा दान गर्नु पर्दछ। गाई छ भने गाईलाई सेवा गर्ने गर्नु पर्दछ।