हाँस्यकलाकार जिग्रीले गाएको पहिलो गीतले यति धेरै कमायो (भिडियोसहित)

काठमान्डौ : पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा चर्चित हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ले पहिलो पटक आफ्नै स्वर रहेको गीत सार्वजनिक गर्ने भएका छन्। साउन ४ गते जन्मदिनको अवसर पारेर उनले उक्त गीत सार्वजनिक गर्ने तयारी थालेका हुन्। उनले ‘मञ्जुरी’ नामको गीत सार्वजनिक गरेका छन् ।

मायाप्रेममा आधारित रहेर तयार पारिएको गीतमा शब्द, लय र संगित भीम विसीको रहेको छ। यस्तै स्वर कुमार कट्टेल ‘जिग्री’ र मेलिना मैनालीको छ। गीतको भिडियो निर्देशन दीपक आचार्य ‘काकु’ले गरेका छन् भने अभिनय कुमार स्वयं र रक्षा श्रेष्ठले गरेका छन्। गीतको सम्पादन प्रविन भट्टले गरेका छन्।

गीत रोमान्टिक रहेको र अहिलेको मौसम अनुसार सुन्न सकिने कुमारले जानकारी दिएका छन्। ‘पहिलो प्रयास हो दर्शकहरुले मन पराउनु हुनेछ भन्ने आशा छ’ , कुमार कट्टेल ले भने। भिडियो हेर्नुस