चर्चित दोहोरी गायिका टिका सानु र सुनिता वुढाको दोहोरी गितले युटुवमा तहल्का मच्चायो (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोकप्रिय सर्जक डम्बर विश्नकर्माको उत्कृष्ट शब्द सृर्जनामा रहेको नयाँ दोहोरी गित ‘चिया मिठो चिनीले’को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ ।

पछिल्लो समय अत्यन्तै चर्चामा रहेकी सुमधुर आवाजकी धनि चर्चित गायिका सुनिता बुढा क्षेत्री परदेशी गायक एवम् र सुमधुर आवाजकि धनि गायक सरन पंगेनीको आवाजमा रहेको उक्त दोहोरी गितमा गित लोकप्रिय सर्जक डम्बर विश्वकर्माको उत्कृष्ट शब्द सृर्जना एवम् सर्जक गोविन्द पंगेनीको लय रचना रहेको छ  । गितमा प्रेमिकल जोडीको माया प्रेमको प्रंसगलाई निकै उत्कृष्ट शैलीमा प्रस्तुत गरिएको छ |

चिया मिठो चिनीले,

साच्चै यो मन चोरेर लगि वरिलै मिठा मिठा गफै दिनिले

गितको म्युजिक भिडियोमा चर्चित दोहोरी गायिका टिका सानुको अभिनय एवम् डान्सिग फिचर रहेको छ, टिका संगै गायक स्वयम आफै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

उक्त गितको म्युजिक भिडियो Kharo Media को अफिसियल युटुव च्यानलबाट बजारमा पठाईएको छ । गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित हेर्नुहोस् गितको पुरा म्युजिक  भिडियो :