कपुर: जसको फाइदै फाइदामात्र हुन्छ

सामान्यतः हिन्दु परम्परा अनुसार पुजापाठमा प्रयोग हुने कपुर एक अचकु औषधी पनि हो । आयुर्वेदिक औषधी उपचारमा कपुरको प्रयोग निकै हुन्छ । दम, दुखाई, खोकी जस्ता रोगमा कपुर प्रयोगले छिटो र भरपर्दो परिणाम दिन्छ ।

हेर्नुस् कुन कुन रोगमा कपुर फाइदाजनक औषधी हुन्छः

दम रोगः यदि कसैलाई दम रोगमा यो अचूक औषधि साबित हुनेछ । एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई–दुई गोली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ ।

ढाड दुखेमाः ढाड दुखेमा पनि यसले फाइदा गर्दछ । दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ ।

पुरानो खोकीमा: सूठो, पिप्ला र मरिच एक्एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एक्एक गोली दिनमा खिनमा तीन–चार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ ।
साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ ।

निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमा: फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुई्दुई गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ ।

आउँ बाथ भएमा: दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ ।

पुरानो बाथमा: एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ ।