गायक राजु परियारको भिसा आयो टिकटै आयो , लागे सबैलाई सम्झिदै प्रदेश तिर ( भिडियो )

सुबिन अधिकारी // आज पनि नेपालीहरु रोजगारीकै शिलशिलामा परदेश पलाएन हुन पर्ने बाध्यता छ। महिनौ लाखौ को संख्यामा नेपालि दाजुभाइ दिदीबहिनीहरु परिवारको खुशी खोज्न आफु बेचियर खाडि मुलुक भासिएका छन्। परिवारकै लागि भनेर प्रदेश पसेका उनीहरु बाकशामा गुम्सिएर फर्किनु पर्दाको पिडा साच्चिनै सहनै नसक्ने हुन्छ।

यस्तै घटनाहरुलाई समेटेर लोकप्रिय गायक राजु परियार र गायिका मेनुका परियारको सुमधुर आवाजमा बहुप्रतिभाका धनि सर्जक तथा गायक राजु परियारको लय तथा शब्द संकलनमा बनेको मनै छुने लोक गित भिसा लाग्यो टिकटै आयो बजारमा सार्बजनिक भयको छ।

भिडियो तर्फ निशाना बानियाको निर्देशन रहेको छ भने सुरेश श्रेष्ठ को छायांकन रहेको छ र शिब पौडेलको उत्क्रिष्ट सम्पादन रहेको छ। उक्त भिडियोमा राजु परियार , अपेक्षा पौडेल , भिम दुरा र आशा पुनको मनै छुने अभिनय रहेको छ।

रेजिना संगीता संगमको ब्यानरमा बनेको उक्त लोक गीतलाई राजु परियार अफिसियल युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। कृपया हेरेर सलाह सुझाब प्रतिक्रिया दिन नभुल्नुहोला।

हेर्नुहोस भिडियो :