के तपाइ सुनचाँदी किन्दै हुनुहुन्छ ? यस्तो आइतबारको सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य स्थिर रहेको छ ।

शुक्रबार तोलाको ९२ हजार ५ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि सोही मूल्यमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलाको ९२ हजार रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

त्यस्तेगरी आज चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।