तस्बिरमा पनौतीको त्रिवेणी धाममा स्नान गर्दै माधवनारायणका वर्तालु

काठमाडौं, माघ २२ गते । माघ महिनाभर साँखुमा मनाइने माधवनरायण ब्रर्तका सहभागीहरुले पनौतीस्थित त्रिवेणीधाममा स्नान गरेका छन् । माघ महिनाभर उपत्यकाका विभिन्न तीर्थस्थलमा स्नान गर्ने क्रममा भक्तजनहरुको समूहले शनिवार पानौतीको त्रिवेणीघाटमा स्नान गरेका थिए । यसवर्ष पनौतीको सो घाटमा हरेक बाह्र वर्षमा एक पटक माघ महिनाभर लाग्ने मकर मेला जारी छ ।