अभिनेता पल शाह र समिक्षा अधिकारी नाचेको दोहोरी गित युटुवमा भाईरल (भिडियोसहित)

अभिनेता पल शाह र समीक्षा अधिकारीले केही म्युजिक भिडियोमा सँगै अभिनय गरेका छन् । यी दुईको अभिनय रहेको नयाँ म्युजिक भिडियो हो, जोवन । यो लोकदोहोरी गीतमा वसन्त थापा र समीक्षा अधिकारीको स्वर छ । नकुल ढकालको शब्द, वसन्त थापाको संगीत रहेको गीतमा आशिष अविरलको एरेन्ज छ । यो गीतको भिडियोलाई सार्वजनिक भएको एक दिनमै युट्युबमा २ लाख बढी पटक हेरिएको छ ।

संगीतकार एवं गायक वसन्तले लोकलयमा आधारित गीतलाई नयाँ शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको बताएका छन् । दीपकमान सिंहको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अजय रेग्मीको छायाँकन र पदम सुवेदीको सम्पादन छ ।