अक्षर नचिन्ने पात्रहरूले मलाई लेख्न सिकाए – अमर न्यौपाने (भिडियो)

नेपाली साहित्य जगत्का प्रख्यात साहित्यकार हुन् अमर न्यौपाने । वि.सं. २०६६ मा उनको पहिलो कृति पानीको घाम  प्रकाशित भएको थियो जसले पद्यश्री पुरस्कार प्राप्त गर्न सफल भयो । उनको सेतो धर्ती उपन्यास वि.सं.२०६८ मा प्रकाशित भयो जसले मदन पुरस्कार प्राप्त गर्न सफल भएको थियो ।

उनको पानीको घाम (आख्यान), कलिलो मन (बालकथासङ्ग्रह), सेतो धरती (उपन्यास), करोडौं कस्तूरी (उपन्यास), गुलाबी उमेर (उपन्यास) जस्ता कृतिहरु प्रकाशित भएका छन् ।

न्यौपानेको जन्म वि.सं. २०३४ सालमा चितवन जिल्लाको रंगीला भन्ने ठाउँमा भएको हो । उनको उपन्यास सेतो धर्तीले मदन पुरस्कार पाएपछि उनको साहित्यिक क्षेत्रमा चर्चा चुलिएको हो ।

प्रस्तुत छ,  जनता टेलिभिजनमा कार्यक्रम प्रस्तोता अशेष घिमिरेले न्यौपानेसँग गरेको कुराकानी, दृष्यमा ।