भरतपुर महानगरको जनसंख्या ३ लाख ६९ हजार ३७७

भरतपुर, १२ माघ ।
शहरी क्षेत्र वा नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा भरतपुर महानगर तेस्रो स्थानमा परेको छ ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार चितवन जिल्लामा सबैभन्दा धेरै जनसंख्या पनि भरतपुर महानगरपालिकामा छ । यहाँको कुल जनसंख्या ३ लाख ६९ हजार ३७७ रहेको छ । जसमा पुरुषको संख्या १ लाख ७९ हजार ७४४ र महिलाको संख्या १ लाख ८९ हजार ६३३ रहेको छ । भरतपुर महानगरपालिकामा पुरुषभन्दा महिलाको संख्या ९ हजार ८ सय ८९ ले बढी छ ।

सबैभन्दा धेरै जनसंख्या भएको काठमाडौं महानगरपालिकामा ८ लाख ६५ हजार ९०६ जनसंख्या छ । काठमाडौंपछि धेरै जनसंख्या भएको पोखरा दोस्रो स्थानमा परेको छ ।

तेस्रो स्थानको भरतपुरपछि धेरै जनसंख्या भएका ललितपुर चौथो र वीरगंज महानगरपालिका पाँचौं स्थानमा छन् ।