राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा नेकपा एसकी राई विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।

निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् । तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए ।  rato[ato बाट