हिमानीले छोडिन नेपाल पुगिन अमेरिका

हिमानीले केहि समयको लागि नेपाल छोडेकी छन् । अमेरिकामा बसोबास गर्ने नेपालीहरूले हिमानी शाहलाई अमेरिकामा स्वागत गरेका गरेका छन् । उनी मंगलबार अमेरिकाको डिसी महानगर क्षेत्रमा रहेको डालस अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी हुन् ।

हिमानी ट्रस्ट युएसएको कार्यक्रमका लागि अमेरिका गएको आयोजकहरूले जानकारी दिएका छन् । विमानस्थलमा ट्रस्टका पदाधिकारीहरूले उनलाई पुष्प गुच्छा तथा खादाले स्वागत गरेका थिए । विमानस्थल पुग्नेहरूमा ट्रस्टका अध्यक्ष हरि शर्मा, महासचिव आनन्दु लामा, सामाजिक अभियन्ता अनिल पाण्डे , अरुण रुपाखेती, ट्रस्टका केन्द्रीय सदस्य मोहन निरौला,चर्चित समाचार वाचिका रमा सिंहलगायत थिए ।

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुगेकी हुन् । तस्विर तल हेर्नुहोस