ओमिक्रोन निकै बढेको छ | यस्तै हो भने यसले कसैलाई छोड्दैन जस्तो छ | डा. रबिन्द्र समिर , जनस्वास्थ विज्ञ

डा. रबिन्द्र समिर , जनस्वास्थ विज्ञ

ओमिक्रोन निकै बढेको छ | यस्तै हो भने यसले कसैलाई छोड्दैन जस्तो छ | सकारात्मक कुरा के छ भने यसको संक्रमणदर तीब्र भएपनि गम्भीर हुने, अस्पताल भर्ना हुनुपर्ने तथा मृत्युदर निकै कम छ | यो विश्वव्यापी तथ्यांक र अनुसन्धानले पुष्टि भएको छ |

रुघाखोकी, ज्वरो वा जीउ दुख्ने मध्ये कुनै लक्षण देखिए आफूलाई आइसोलेट राख्नुहोला | जसले गर्दा परिवारका अन्य व्यक्तिलाई सर्दैन | परिक्षण गरेपछि रिपोर्ट अनुसार उपचार हुन्छ | ओमिक्रोन घाँटीमा रहने, त्यहिं रेप्लिकेसन हुने तथा त्यहिं नष्ट हुने प्रजाति हो | न्यून रुपमा फोक्सोमा पुगेर निमोनिया गराउन सक्छ |
लाक्षणिक उपचारले लक्षण देखिएको एक हप्तामा निको हुन्छ | संक्रमितको संख्या बढ्दै जाँदा डर नमानौं ! सकेसम्म सतर्क हुने हो |

सरकारसंग एउटा गुनासो छ, पहिले सरकारी अस्पताल र वडावडामा निशुल्क पिसिआर टेस्ट हुन्थ्यो | निजी अस्पतालमा १००० मा पिसिआर टेस्ट हुन्थ्यो | यति ठूलो संख्यामा संक्रमण बढ्दा पनि निजी प्रयोगशालालाई पोस्ने काम किन भइरहेको छ ? सरकारीमा निशुल्क, वडा वडामा निशुल्क अनि निजीमा ५-६ सयमा पिसिआर टेस्ट गर्ने काम आजैदेखि होस् |

संबिधानप्रदत्त अधिकार कुण्ठित हुने काम नहोस् | संचारमाध्यमले डरको खेतीपाती नगरेर ओमिक्रोन कमजोर प्रजाति भएको तथा यसको असर सामान्य भएको तथ्य जनतासामु उजागर गरुन् |

आशा गर्न सकिन्छ, कोरोना भाइरस यसैगरी कमजोर हुँदै जानेछ अनि मौसमी रुघाखोकीजस्तो सामान्य हुनेछ |