ओमिक्रोन भेरिएन्टबारे एनआरएनए यूकेले अन्तरक्रिया हुँदै

लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेले कोभिड–१९ को पछिल्लो प्रकारान्तर ओमिक्रोनभेरिएन्टबारे जनचेतनामूलक जानकारी दिने उद्देश्यले एक अन्तरक्रिया आयोजना गर्ने भएको छ । स्वास्थ्यक्षेत्रसँग सम्बन्धित विज्ञहरूको सहभागितामा ओमिक्रोनबारे अन्तरक्रियात्मक कार्यक्रम हुन लागेको हो ।

अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा शुभकामना आदानप्रदान गर्दै नेपाली समुदायमा ओमिक्रोन भेरिएन्टबारेआवश्यक जानकारी दिन कार्यक्रम गर्न लागिएको एनआरएनए यूकेले जनाएको छ । एनआरएनए यूकेकोस्वास्थ्य विभागले उक्त कार्यक्रम आयोजना गर्न लागेको एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बताए ।‘अहिले यूके लगायतका विश्वका विभिन्न ठाउँमा कोभिडको नयाँ प्रकार ओमिक्रोनबारे त्रास फैलिएको छ ।यस्तोमा आवश्यक जानकारी दिन र आम समुदायमा यसबारे सर्तकता अपनाउन विज्ञहरूको सहभागितामापरामर्श र अन्तरक्रिय गर्न लागेका हौँ,’ उनले भने, ‘तसर्थ सम्पूर्ण नेपाली जनहरूमा सहभागी भएर लाभ लिनआह्वान गर्दछु ।’ अध्यक्ष मगरले कार्यक्रमको सन्देश संसारभर रहेका नेपालीहरूमाझ पु¥याउँदै कोभिडबाटसुरक्षित रहन त्यससँग सम्बन्धित उपायहरू पनि सुझाउने बताए । अन्तरक्रिया भर्चुअल रूपमा जुमबाट यूकेसमयअनुसार अपरान्ह २ बजे हुनेछ ।

अन्तरक्रिया एनआरएनए यूकेको स्वास्थ्य विभागका प्रमुख संयोजक डा. विशाल गुरूङको संयोजनमा हुँदैछ भनेकार्यक्रमलाई एनआरएनए यूके उपाध्यक्ष गोविन्द खरेलले सञ्चालन गर्दैछन् । अन्तरक्रियामा वाटर एडकासिनियर म्यानेजर एवम् जनस्वास्थ्य विज्ञ डा. ओम प्रसाद गौतमले ओमिक्रोनको संक्रमण र यसबारे सुरक्षितरहने उपायबारे बोल्नेछन् । त्यस्तै, नेप्लिज डक्टर्स एसोसिएसन यूकेका अध्यक्ष डा. कमल अर्यालले कोभिडबाटसुरक्षित रहने उपाय र खोपको प्रभावकारिताबारे जानकारी दिँदैछन् । बकिंहेम्प्सायर विश्वविद्यालयका सहलेक्चरर एवम् आइसीयू सीसीओकी सिनियर नर्स प्रसन्ना कँडेलले ओमिक्रोनको लक्षण र यूकेको अस्पतालकोक्षमतासँगै प्रभावबारे आफ्नो धारणा राख्नेछिन् । त्यस्तै, नर्थहेम्प्टनसायर हेल्थ केयर राष्ट्रिय स्वास्थ्य सेवाफाउन्डेसन ट्रष्टसँग आबद्ध मनोचिकित्सक परामर्शदाता डा. प्रेम राईले कोभिड महामारीले र मानसिक रोगकोअवस्थाबारे राय राख्नेछन् । एनडीए यूकेका पूर्व अध्यक्ष एवम् अवकाशप्राप्त मनोचिकित्सक परामर्शदाता डा. चुडा कार्कीले समेत मानसिक रोगले परिवारमा पार्न सक्ने प्रभावबारे आफ्नो महत्वपूर्ण अनुभवहरू सेयर गर्नेछन्।

सन् २०१९ को नोभेम्बरमा कोभिड १९ को पहिलो संक्रमण भएको व्यक्ति फेला परेको थियो । विश्व स्वास्थ्यसंगठनको तथ्यांकअनुसार हालसम्म २८ करोड ३० लाखभन्दा बढी संक्रमित भइसकेका छन् । त्यस्तै, कोभिडकाकारणले ५४ लाख बढीले ज्यान गुमाइसकेका छन् । यूकेमा पनि एक लाख ४८ हजार बढीको कोभिडका कारणमृत्यु भइसकेको छ । यूकेमा ७९.९ प्रतिशतले कोभिडको दुवै खोप लगाइसकेका छन् भने एक खोप लाउनेहरू८७.७ प्रतिशत छन् । हाल बुस्टर डोज लाउनेको संख्या पनि बढिरहेको छ । यूकेमा गत नोभेम्बर २७ माओमिक्रोन भेरिएन्टको पहिलो संक्रमण फेला परेको थियो । यो भेरिएन्ट दक्षिण अफ्रिका र बोट्सवानामुलुकबाट फैलिएको वैज्ञानिकहरूले आशंका गरेका छन् । सबै पत्रकार साथीहरुमा नमस्कार।

नयाँ वर्ष २०२२ को अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) युके स्वास्थ्य समितिले निम्न मिति रसमयमा विभिन्न क्षेत्रका विज्ञ तथा चिकित्सकहरुको सहभागितामा एक भर्चुएल अन्तरक्रिया आयोजना गर्नलागेको जानकारी गराउंछौँ । उक्त अन्तरक्रियामा सहभागी भै कार्यक्रमको कभरेज समेत गरि दिनुहुन हार्दिकआमन्त्रण गर्दछौं। कार्यक्रमको पोस्टर यसै साथ संलग्न छ।

शिव भण्डारी
कोअर्डीनेटर, मिडिया विभाग तथा कार्यवाहक प्रवक्ता
एनआरएनए युके