पोखरामा बालकले ओछ्यानमा पिसाब गरेको भन्दै लि’ङ्गमा रबरले बाँधेर या’तना दिने होस्टल वार्डेन प’क्राउ-भिडियो सहित

पोखरा । लि’ङ्गमा रबरले बाँधेर बालकलाई या’तना दिएको आ’रोपमा प्रहरीले पोखराबाट एक जना होस्टल वार्डेनलाई प’क्राउ गरेको छ। प’क्राउ पर्नेमा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नं -२ स्थायी घर भइ हाल पोखरा -१४ बस्दै आएकी पोखरा १५ गलेश्वरचोकस्थित न्यु लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपाली रहेकी छिन्।

प्रहरीका अनुसार, होष्टल वार्डेन नेपालीले राति सुत्दा ओछ्यानमा पिसाब गर्छ भन्दै ६ वर्षीय बालकको लि’ङ्गमा रबरले बाँध्नेर या’तना दिने गरेको भन्ने जाहेरी पश्चात उनलाई प’क्राउ गरिएको हो । उनीविरु’द्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरु’द्धको क’सूरमा जिल्ला अदालत कास्कीबाट पांच दिन म्याद थपको अनुमति लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक दिपक केसीले जानकारी दिए ।

होस्टल नजिकैको सिद्ध स्कुल’मा नर्सरीमा अध्ययनरत ती बालक लामो समयसम्म यौ’नांग बाँधि’एका कारण अस’ह्य भएपछि कक्षा कोठामा चर्को स्वरमा रोएको र त्यसैबाट उनको यौ’नांग बाँ’धिएको खुल्न आएको थियो । स्कुलले थाहा पाउँदा बालकको पेट पनि फुलिसकेको स्कुल स्रोतले जानकारी दिएको छ । लि’ङ्गमा रबर बाँधिएका कारण पि’साब गर्न नमिल्दा बालकको पेट फुलेको प्रहरीले जनाएको छ। यद्यपी हाल स्वास्थ्य जाँचका लागि अस्पतालमा रहेका उनको रिपोर्ट भने यो समाचार तयार पार्दासम्म आइसकेको छैन।

हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलमा अभिभावक नभएका नौ जना विद्यार्थीले आश्रय लिंदै आइरहेका छन्। डोल्पाबाट पोखरा पढ्न राखिएका ती बालकको बुवा बितिसकेको र आमा गाउँमै रहेको बुझिएको छ।

यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, अबैध रुपमा पोखरामा संचालन हुँदै आएको त्यस होस्टलमा भएको त्यस घ’टना बा’हिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गो’प्य सम्झौता भएको खुला’सा भएको छ। उक्त लिखित सम्झौतामा स्कुलका सहायक प्रधानाध्यापक जुना थापा, होस्टल सञ्चालकद्वय राहुल नेपाली र गणेश परियार नर्सरी शिक्षक सिर्जना कँडेल, केजी शिक्षक सम्झौता गौतम, आरोपी जानुका नेपाली र उनका श्रीमान किसन नेपालीले हस्ताक्षर गरेका छन् ।

उक्त लिखित सम्झौतामा आइन्दा यस्ता घ’टना दोहोरिन नदिने प्रतिव’द्धता होस्टल सञ्चालक राहुल नेपालीले गरेका छन् । सम्झौतामा भनिएको छ, ‘आइन्दा यस्तो घटना दोहोरिएको पाइएमा जे का’रबाही पनि भोग्न तयार भएको व्यहोरा जानकारी गराइन्छ ।’

हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टल पोखरामा कहीं कतै दर्ता नभएको पाइएको वडाअध्यक्ष प्रकाश पौडेलले बताए । करिब ६ महिनाअघिदेखि पोखरामा संचालन हुँदै आएको उक्त होस्टलको स्थानीय सञ्चालक गणेश परियार रहेको र होस्टल इटहरीमा दर्ता भएको भनी सहसञ्चालक राहुल नेपालीले जानकारी दिएको सहप्रधानाध्यापक थापाले बताइन् ।