ढिलो बिहे गर्दै हुनुहुन्छ भने बिचार गर्नुहोस निसन्तानपन हुनसक्छ ? कति वर्षमा बिहे गर्दा सन्तान जन्माउन सजिलो हुन्छ ?

वरिष्ठ स्त्री तथा प्रसुती राेग विषेशज्ञ तथा निसन्तान विज्ञ डा. गिरधारी शर्मा बिगत लामो समय देखी निसन्तान दम्पतीहरुको लागी कसरी सन्तान प्रदान गरिन्छ भन्ने क्षेत्रमा काम गरिरहनुभएकाे छ ।

साहारा फर्टिलिटी सेन्टर पाेखरा संचालन गरिरहनुभएका डा. शर्मासंग महिलाका समस्या र बाँझोपनको बारेमा धेरै अनुभव छ । बिशेषत बाँझोपन भएका वा भनौ सन्तान नभएकाहरुको उपचारमा उहाँ रातदिन खटिनुभएकाे छ ।

यौन र प्रजनन एक अर्कामा परिपुरक भएकाले कुनै पनि परिवार नियाजनको साधन प्रयोग नगरी एक बर्ष सम्म यदी कुनै दम्पतीको बच्चा हुँदैन भने त्यो बाँझोपन हुने उहाँको धारणा छ ।

बाँझोपन वा निसन्तानपन भयो भन्दैमा आत्तिन हुँदैन र यसको उपचार संभव भएको समेत उहाँकाे भनाइ रहेकाे छ । पछिल्लाे समय ढिलाे बिहे गर्ने प्रचलन बढेकाे भन्दै शर्माले यसले निसन्तानपन निम्त्याउने बताउनुभयाे । हेनुैहास् उहाँसंग गरिएको कुराकानी ।