एनआरएनए इंग्ल्यान्डको देउसीभैलो बाट रु १६ लाख ४० हजार संकलन !

लन्डन । एनआरएनए यूके इंग्ल्यान्ड राज्य समन्वय परिषदको आयोजनामा विशेष सांस्कृतिक कार्यक्रमहरुसहित देउसीभैलो खेलिएको छ ।

शुक्रबार बेलुका अल्डरसटको एम्पायर हलमा सम्पन्न कार्यक्रममार्फत् करिब १० हजार पाउन्डको कोष जम्मा भएको परिषदले जनाएको छ । संकलित कोष र कार्यक्रमका लागि भएको खर्च पूर्ण विवरण केही दिनभित्रै पारदर्शी ढंगले सार्वजनिक गरिने भएको छ । बचत रकम संस्थाको कोषमा राखेर विभिन्न कार्यक्रम तथा अभियानहरुमा खर्च गरिनेछ ।

परिषदका अध्यक्ष एलबिजेड गुरुङ कोभिड आइसोलेसनमा रहेका कारण उपाध्यक्ष भक्त दर्जीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि एनआरएनए यूके प्रमुख संरक्षक शेर सुनार, विशेष अतिथिहरु एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, आइसीसी सल्लाहकार विश्वआदर्श पन्डित, आइसीसी सदस्यहरु ललितकुमार न्यौपाने, सुशिला राई, तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ, मगर संघ यूके अध्यक्ष सुनिल राना, काउन्सिलरहरु जीव बेल्वासे र प्रवेश केसीसहित बेलायतस्थित विभिन्न दर्जन बढि नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, प्रमुख संरक्षक शेर सुनार, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, आइसीसी सल्लाहकार विश्वआदर्श पन्डित, आइसीसी सदस्य ललितकुमार न्यौपाने, काउन्सिलर जीव बेल्वासेले शुभकामना मन्तव्य दिएका थिए ।

भर्चुअल माध्यमबाट स्वागत मन्तव्य दिंदै एनआरएनए इंग्ल्यान्ड परिषदका अध्यक्ष एलबिजेड गुरुङले मौलिक नेपाली संस्कृतिको प्रवर्द्धन र संरक्षणको लक्ष्य राखेर कार्यक्रम गरिएको बताएका थिए । कार्यक्रमले बेलायतमा हुर्किंदै गरेको नयाँ पुस्तालाई समेत नेपाल र नेपालीपनसँग जोड्न सहयोग पुर्‍याएको विश्वास उनको थियो ।

कार्यक्रममा नेपाली परम्परा र संस्कृति झल्काउने विविध सांस्कृतिक प्रस्तुतिहरु गरिएको थियो । गायक गायिकाहरु मनसुदन थापा, कल्पना श्रीपाल र सुमन गौतमले विशेष प्रस्तुति गरेका थिए । अन्य स्थानीय कलाकारले आकर्षक नाचहरु देखाएका थिए । साथै, मौलिक देउसी भैलो खेलेर मनोरञ्जन पनि गरिएको थियो ।

पहिलो सत्रमा औपचारिक कार्यक्रम सञ्चालन परिषदका सचिव राम पन्थी र सहसचिव अञ्जु कुँवरले सञ्चालन गरेका थिए भने दोस्रो सत्रको कार्यक्रम सहसचिव अञ्जु कुँवर र सुस्मिता थापाले गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका उपाध्यक्ष भक्त दर्जीले धन्यवाद ज्ञापनसहित कार्यक्रम समापन गरेका थिए । (source : nepalilink)