अब नेपालमै बस्ने घोषणा पर्दा पछाडीका हिरो अब्दुल्लाह अलमुतायरी !

काठमाडौँ – नवनियुक्त खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाली फुटबल टोलीलाई साफको फाइनलमा पुर्याउन पर्दापछाडीको हिरोको भूमिका खेल्ने मुख्य प्रतिक्षक अब्दुल्लाह अलमुतायरी नेपालमै बस्ने घोषणा गरेका छन् ।

उनले मुख्य प्रतिक्षक अल्मुतायरीलाई नेपालमै राख्न र नेपाली फुटबललाई नयाँ उचाई दिन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन् । खेलकुदमन्त्रीको घोषणाले नेपाली फुटबल समर्थकमा नयाँ आशा पलाएको छ ।

साफ च्याम्पियनसिप दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता हो । जहाँ भारतको एक्लो दबदबालाई पछार्न नेपालका लागि ठूलो चुनौति र अवसर थियो ।

तर यसपटक पनि भारतीय खेलाडि सामुन्ने नेपाली खेलाडि निरिह देखिए । हुनत नेपालका लागि साफको फाइनलसम्म पुग्नु अहिलेसम्मकै ठूलो उपलब्धि हो ।

तर ७ पटक साफको उपाधि विजेताको अगाडि नेपालको केही लागेन र तीन शून्य गोल अन्तरले पराजित हुन पुग्यो ।