पोखरामा र्‍याप गीत मार्फत चर्चा कमाउदै आएका हाकुको कथा -भिडियो सहित

पोखरा महानगरपालिका वडा नम्बर १३ ढुंगेसाघु बस्दै आएका बिजय श्रेष्ठ (हाकु भाई )यति बेला सामाजिक संजालमा भाईरल हुदै आएका छन् ।

पोखराबाट र्‍याप गीतहरुमा अग्रसर हुदै आएका उनी सानो उमेर देखि नै गित गाउदै आएका थिए । बिशेष गरी युवा पुस्ताले रुचाउने र्‍याप गीत गाउने उनी यति बेला र्‍याप गीत बाट निकै चर्चामा आएका हुन् ।

बुवा आमासंग पोखरामा बस्दै आएका उनले २१ वर्षको उमेरमा नै धेरै प्रगती गरेका छन् । दिउसोमा बुवाको पेशामा सहयोग गर्दै आएका उनी बिहान र बेलुका फुर्सद निकालेर र्‍याप गीत लेख्ने र निकाल्ने गर्छन ।

र्‍याप गीत भन्ने बित्तिकै धेरैले नकारात्मक तरिकाले सोच्ने गरेपनि आफुले समाजमा सुहाउने र सबैले सुन्न मिल्ने गीतहरु प्रस्तुत गर्ने प्रयासमा रहेको उनले बताएका छन् ।

समाजमा घट्ने घटनालाई र्‍याप गीतको माध्यमबाट समाजमा चेतना ल्याउने गरी प्रस्तुत गर्नु नै आफुहरुको मुख्य लक्षय रहेको र सबैको साथ् सलाहले आफु यस स्थानमा आएको उनको भनाई रहेको छ ।

तल भिडियोमा हेर्नुहोस हामीले उनीसंग एउटा अन्तर्वार्ता तयार पारेका छौ । कसरी अगाडी बढ्दै छन् त् र्यापर हाकु ?