दोहोरी च्याम्पियनबाट सबैलाई रुवाएर बाहिरियो रिता रावतको टिम, टप ३ मा पनि लड्दै

दोहोरी च्याम्पियनबाट सबैको मन जितेको टिम रिता रावत र सबिन आचार्य बाहिरिएका छन।उनीहरु अब टप ३ को लागि लड्ने छन,सबैले सबिन र रिताकै जित हुन्छ भन्दै कमेन्ट गरिरहेको अबस्थामा उनीहरु बाहिरिएको हो।दर्शकको धेरै भोट पाउने टिम मध्यमा सबिन र रिता पनि पर्दछन तर उनीहरु बाहिरिन पुगेका हुन्।

केहि भोटले मात्रै उनीहरु आउट भएको पाइएको छ।रिताले आँखाभरी आँसु पार्दै आफु भन्दा अग्रज टिमले जितेकोमा बधाई व्यक्त गरेका छन भने अब टप ३को लागि पनि लडेर अगाडी बढ्ने उनीहरुको भनाइ छ।एता प्रकाश पराजुलीको टिमले भने अत्याधिक भोट पाएको छ।प्रकाश पराजुली र मिना बुढाथोकीले भोट धेरै पाए संगै सबै दर्शक उत्साहित छन।

दर्शकको मन जितेको अबस्थामा प्रकाश र मीनाले आफ्नो यात्रालाई थप कायम गरेका छन,अब उनीहरु फाइनलमा लड्ने छन।शोभा कार्की र राजेन्द्र पाठकको टिम मध्ये एक टिम बाहिरिए पछि मिना र प्रकाश संग फाइनल भिड्ने छन।यो हप्ता भने दुवै टिमको दोहोरी उस्तै देखिएको छ।महिला बाटनै राम्रो गाएको अतिथी निर्णायक कृष्ण कंडेलले बताएका छन।दुवै टिममा महिलाको मात्रै दम देखिएको उनले बताएका थिए।

यो पनि पढ्नुहोस :

नेपालको मौलिक रियालिटी सो दोहोरी च्याम्पियनको पहिलो सो दोहोरी च्याम्पियनको आजको भागमा इन्द्रेणीका संचालक कृष्ण कंडेल देखिने भएका छन।उनि संगै इन्द्रेणी टिमनै उक्त कार्यक्रममा देखिने भएका हुन्।उक्त कार्यक्रम अब फाइनल राउण्डको लागि भिडन्तमा प्रबेस भएको छ।आज आउने रिजल्ट पछि एक टिम फाइनलमा जाने छ।

इन्द्रेणीका पुरै टिम पुगेर उक्त कार्यक्रममा बिशेष प्रस्तुति देखाइएको छ।कार्यक्रममा इन्द्रेणीका कंडेल संगै उनकी श्रीमती प्रतिमा पनि पुगेकी छिन भने छत्र शाही,कृष्ण बजागाई,मनमाया वाइबा लगाएतका कलाकारहरु इन्द्रेणीमा देखिएका छन भने कृष्ण कंडेलले गाएको दोहोरी समेत बाहिरिएको छ।उक्त प्रोमोमा कृष्ण कंडेलले दोहोरी च्याम्पियनको प्रशंसा गरेका छन।

आजकै दिन दोहोरी च्याम्पियन बाट रिता रावतको टिम र प्रकाश पराजुलीको टिम मध्ये एक टिम बाहिरिने पक्का छ।उक्त दुई टिम मध्ये एक टिम बाहिरिने भए संगै एक टिम फाइनल मा जाने छ भने अर्को टिम बाहिरिएर पनि फेरी टप ३ को लागि लड्ने आयोजक टिमका प्रस्तोता बद्री पंगेनीले लालीगुराँ डटकमलाइ जानकारी दिनु भयो।

गत हप्ता रीताको प्रस्तुति धेरै राम्रो देखिएको थियो भने सबिनको प्रस्तुतिमा थोरै फितलो देखिएको थियो।उता प्रकाश पराजुली र मिना बुढाथोकीको प्रस्तुति भने दमदार रहेको थियो सोहि कारण पनि यो पटक दर्शकले कसलाई बढी मत दिन्छ भन्ने प्रश्न बढीनै उठेको छ।कमेन्टमा प्रकाश र मीनाको नाम बढी देखिएपनि रीताको टिम पनि अघिल्लो राउण्डहरुमा जित्दै आएको र यो पटक पनि जित्ने होकी आस देखिएको छ। जुन टिमले जिते पनि दोहोरी च्याम्पियनको अबको यात्रा अझै बिशेष हुने देखिन्छ।