अन्ततः झ्क्याएर पेट बोकाउने कपुरको छोरा रहेछ,बुबाले रुदै बताए नसोचेको रहस्य, ललिताको अवस्था ग म्भिर (भिडियो सहित)

वैदेशिक रोजगारीका क्रममा कतार रहँदा एक युवकको प्रेममा परेर गर्भवती भएकी झापा बृतामोडकी युवती अहिले आफ्ना प्रेमी खोज्दै नेपाल आएकी छन् । उनी ७ महिनाकी गर्भवती छन् । कतारमा रहँदा उनको मुगुका कपुर बाम भन्ने युवकसंग प्रेम बस्यो । दुवै नजिकिए । उनी गर्भवती भइन् । त्यसपछि कपुर हराए । अहिले उनी ७ महिनाको गर्भ बोकेर आफ्ना प्रेमी खोज्दै नेपाल आइपुगेकी छन् ।

प्रेमीका गर्भवती भएको थाहा पाएपछि नेपाल आएका ति युवक नेपालमा पनि सम्पर्कमा छैनन् । नेपाल आएर आफै खोज्दा फेला नपरेपछि उनले मिडियाको सहारा लिएकी छन् । उनीहरु ९ महिना देखि नजिक भएका थिए । गर्भ रहेपछि धेरै पटक उनले औषधी पनि सेवन गरिन् । उनी पहिलेओ लकडाउनको बेला क्वारेन्टाइनमा बस्दै आएकी थिइन् र त्यहिबेला त्यस केटाले उनलाई टिकटकमा म्यासेज गरेका थिए ।

त्यतिबेला उनले आफू अविवाहित रहेको र काठमाडौमा बस्दै आएको भनेका थिए । आफु परिवारको एक्लो छोरा हुँ भन्दै बताएका थिए । एउटा बहिनी जसको बिहे पनि एकवर्ष अगाडि भएको बताएका थिए। उनीहरू सुरुसुरुमा साथीसाथीको सम्बन्ध बनाएर बोल्दै गए। उनले त्यी केटाको दाइ र उनका साथीहरूलाई समेत सोधपुछ गर्दा सबैले उसको बिहे नभएको बताएका थिए। एकदिन उनको श्रीमतीको फोन आयो र त्यी चेलीले फोन उठाइन् र कुराकानी गरिन्।

कपुरको त पहिले नै चार वर्ष अगाडि बिहे भैसकेको रहेछ र उनको एउटा दुई वर्षको छोरी पनि रहेको थाहा पाइन्। त्यतिबेला सम्म उनी गर्भवती भइसकेकी थिइन् । उनले फोन गर्दा कपुरले आफू काठमाडौँमै भएको र यतै आउन सल्लाह दिए। त्यसैले उनी नेपाल आइन् तर अहिले युवक सम्पर्क विहिन भएका छन् ।