जन्म दिनमा सम्झीइन अन्जली अधिकारीले बिगतका दिन, दोहोरीमा ५ सयमा काम गरेको सम्झेर भाबुक

काठमाडौँ, १४ असोज । गलबन्दीकी चर्चित तथा सुन्दरी मोडल अञ्जली अधिकारीको आज जन्म दिन परेको छ । असोज १४ गते बर्दियामा जन्मेकी अन्जली कति वर्ष पुगिन् भन्ने बारेमा भने उनले बताउन चाहिनन् । जे होस् अन्जलीले आज आफ्नो जन्म दिन आफ्ना साथी तथा आफन्तहरुसंग मनाउदै छिन् ।

कैयौ म्युजिक भिडियोमा अभिनय गरिसकेकी अन्जलीलाई मोडलिङ क्षेत्रमा स्थापित गर्ने गीत भने प्रकाश सपुतको बोल माया र गलबन्दी नै हो भन्दा फरक नपर्ला । गलबन्दी गीतले २४ घण्टा बित्न नपाउँदै युट्युब ट्रेडिङमा राम्रो सफलता प्राप्त गरेको थियो ।

यसबाहेक अन्जलीले छोड्यौनि, सिंगापुरको साडि, जस्ता धेरै तिज गीतमा कम्मर मर्काएकी छिन् । लोक दोहोरी गीतमा मात्र नभएर आधुनिक, गजल र फिल्मका गीतमा पनि काम गर्न सुरु गरेकी छन् । उनले चलचित्र प्रसादको ‘बनकी चरी के भन्छे के’ बोलको गीतमा पनि धमाकेदार नृत्य प्रस्तुत गरेकी छिन् । भिडियो कुराकानी