एनआरएनए यूकेको आर्थिक उपसमिति बन्यो

लण्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक उपसमिति गठन भएको छ । कोषाध्यक्ष बिष्णु खरेल संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो ।

समितिको सहसंयोजकमा सहकोषाध्यक्ष शशांक शर्मा र चार्टर्ड एकाउण्टेण्ट राजेन्द्र सुबेदी छन् भने उपेन्द्र पौडेल सचिव र सुरेन रुपाखेती सदस्य रहेका छन् । समितिको सल्लाहकारमा इञ्जिनियर राजेन्द्र खरेललाई राखिएको छ ।

गैर–आवासीय नेपाली संघ यूकेको विधानका धारा २०.१२ बमोजिम बनेको आर्थिक समितिले कोषाध्यक्षले गरेको आर्थिक गतिविधिहरुको नियमन सञ्चालन गर्ने गर्दछ ।