बोके दारीकाे “साली कमला २” सार्वजानिक (भिडियाे सहित)

लेखक/गायक श्री कृष्ण लुइँटेल (बोके दारी) काे नयाँ गित ‘ तिम्रै हुँ म (साली कमला २) सार्वजानिक भएकाे छ । बि.सं २०62 सालमा सार्वजानिक भएकाे चर्चित गीत साली कमलाकाे अपार सफलता पश्चात गायक लुइँटेलले पुन ‘साली कमला २’ अाफ्नै यूट्रयुव च्यालन बोके दारी अफिसियल मार्फत सार्वजानिक गरेका हुन् ।

संगीत/गायन/शब्द बोकेदरी एबम श्री कृष्ण लुइँटेलले गरका छन् भने गीतको एरेज्न जाेनी याेन्जनकाे रहेकाे छ । केशव रायमाझिकाे निर्देशन, सुमन याेन्जनकाे छायानकन रहेकाे उक्त म्युजिक भिडियोमा केशव रायमाझि , कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, कृष्ण सुवेदी, शुश्मा सुवेदीकाे प्रस्तुती रहेको छ। म्युजिक भिडियोमा प्रतीक श्रेष्ठकाे सम्पादन, कलर ग्रेडिङ हेमन तामाङकाे रहेकाे छ ।

लुइँटेलका ‘ए बा किन्देउन भट भट भटे’, ‘डल्ले कि बहिनी’, ‘तेरो बाऊ थोते’, ‘;सुनकाे सिक्री’, ‘ओके छ त’, ‘बाँके बर्दिया’, ‘केराको थम्बा’, गीत बज्यो ट्याक्सिमा..’ लगायत २०० भन्दा बढी गीतहरू सार्वजानिक भइसकेका छन् ।