कहाँ छिन् चर्चित लोकगायिका विष्णु माझी ? यस्तो छ मिडियामा नआउनुको भित्री कथा, बिष्णुलाई फोन गर्दा यस्तो भयो – भिडियो सहित

नेपाली सांगीतिक क्षेत्रमा करिब दुई दशकदेखि परिचित छिन् विष्णु माझी। लोकसंगीतलाई माया गर्ने नेपालीहरूका लागि ढुकढुकी नै हुन् माझी। तर, विष्णु माझी कुनै सार्वजनिक कार्यक्रममा भेटिएकी छैनन्। उनको अहिलेसम्म एउटा मात्र फोटो सार्वजनिक भएको छ, जुन फोटो जताततै भेट्न सकिन्छ। उनको एक झल्को पाउनका लागि र उनीसँगै फोटो खिचाउनका लागि उनका सहकर्मीदेखि उनका फ्यानहरूको सपना आजसम्म पनि यो अ,धुरो नै भइरहेको छ।

स्याङजाको रत्नपुर–६ चापाकोटमा एक सामान्य परिवारमा जन्मेकी विष्णु परिवारकी जेठी छोरी हुन्। स्थानीय विद्यालयमा ५ कक्षासम्म पढेपछि परिवारले खर्च अभावले गर्दा विद्यालयबाट निकालिनु परेको थियो। उनलाई पाल्पाका रामपुरका लोकगायक नारायण लेकालीले संगीतमा ल्याएका हुन्। सांगीतिकका हिसाबले उनको माग सबै ठाउँमा छ। तर, उनी अहिलेसम्म विदेशमा पाइला पनि टेकेकी छैनन्। त्यो त परको कुरा उनी स्वदेशकै मेला–महोत्सवमा पनि कतै देखिएकी छैनन्।

अहिले उनको चरी जेलैमा भन्ने तीजको गित निकै चर्चित छ। तर, त्यो गीतलाई दर्शकले गीत होइन, उनको मनको व्य,था हो, यो उनको जीवनमा आधारित गीत भनेर ट्याग दिइरहेका छन्। र, फेरि पनि विष्णु माझी खोई कहाँ छिन् भन्ने कुराले सामाजिक सञ्जाल ता,तेको छ। उनी नेपाली संगीत जगतमा विगत दुई दशक वर्षदेखि सक्रिय छिन्। बिष्णु माझीलाई पुन्य गौतमले फोन गर्दा यस्तो सम्म भयो अनि पुन्यले बिष्णुको बारेमा बोले हेर्नुहोस भिडियो