गैर-आवासीय नेपाली संघ, स्कटल्याण्डको अध्यक्षमा भण्डारी र सचिवमा खत्री विजयी।।।

स्कटल्याण्ड। गैर आवासीय नेपाली संघ, राज्य समन्वय परिषद्, स्कटल्याण्डको अध्यक्षमा काशिराम भण्डारी विजयी भएका छन्। आगामी २०२१–२०२३ सम्मको कार्यकालका लागि भएको एनआरएनए स्कटल्याण्डको निर्वाचनमा अध्यक्षमा भण्डारी र सचिव खत्री सहित उक्त कार्यसमितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा उज्ववल कार्की, सह-सचिवमा यशोदा सुमी ओझा भण्डारी, कोषाध्यक्षमा शर्मिला ढकाल, सह-कोषाध्यक्षमा प्रजापति शर्मा निर्वाचित भएका छन् भने निर्वाचित सदस्यहरुमा टिकाराम खराल, कमला श्रेष्ठ, कृष्ण प्रसाद देवकोटा, बलिभद्र अम्माई, निरवाचित भएका छन्।

युके मा पहिलो पटक अनलाइन माध्यमबाट गरिएको चुनावको मतदान गत मंगलबार (३ अगष्ट) दिउंसो १२ बजे सकिएता पनि चार दिनपछि मात्रै शनिबार बिहान मतदानको नतिजा घोषणा गरिएको हो। निर्वाचनमा निर्वाचित भएसँगै निवर्तमान सचिव मनिष खत्रीले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै सबै मतदातालाई धन्यवाद दिएका छन्। 

साथै स्कटलैण्ड राज्य समन्वय परिषदका नवनिर्वाचित अध्यक्ष काशी राम भण्डारीले सबै मतदाता तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले समुदायको एकीकरण नै आफ्नो मूल एजेंडा हुने बताएका  छन्।                                                                                         

स्कटल्याण्ड राज्यसमिति २०२१-२०२३ का बिजय कार्यसमिति मत यस अनुसार रहेको छ:

  • अध्यक्ष: काशीराम भण्डारी – (५१५ मत)
  • उपाध्यक्ष: उज्वल कार्की – (४३० मत)
  • सचिव: मनिष खत्री – (३९६ मत)
  • सहसचिव: यशोदा सुमी ओझा भण्डारी (४३९ मत)
  • कोषाध्यक्ष: शर्मिला भण्डारी – (४८७ मत)
  • सहकोषाध्यक्ष: प्रजापति शर्मा – (४२९) मत
  • सदस्यहरु:
  • टीकाराम खराल – ३८९ मत
  • कमला श्रेष्ठ – ३२६ मत
  • कृष्णप्रसाद देवकोटा – २९१ मत
  • बलिभद्र अम्माई – २९१ मत प्राप्त गरि निर्वाचित भएका छन्।

सम्पुर्ण स्कटलैण्ड राज्य समन्वय परिषद २०२१-२०२३ का कार्यसमितिका नवनिर्वाचित टीमलाई स्कटलैण्ड परिवार हार्दिक स्वागत तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछ। साथै एनआरएनए स्कटलैण्ड का मित्रहरूलाई आफ्नो अमूल्य मतको कदर गरि निर्वाचित गराउनु भएकोमा सम्पूर्ण आदरणीय मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्दछ। साथै कार्य समितिका सबै मित्रजनहरू, सामाजिक संघसंस्थाका अगुवाहरु, पत्रकार साथीहरु लगायत सबै शुभचिन्तकहरु प्रति हार्दिक आभार व्यक्त गर्दछ। त्यसै गरी रात दिन खटेर, निर्वाचन सम्पन्न गर्नु हुने निर्वाचन समितिका संयोजक तथा सदस्यज्यूहरु एवम् सल्लाहकारज्युहरुप्रति तथा सम्पुर्ण मित्रजनहरू र परिवारप्रति हार्दिक आभार दिन चाहन्छ। अन्त्यमा, चुनावको क्रममा भएका सबै तीता मीठा अनुभवहरुलाई बिर्सेर एकजुट हुन एनआरएनए स्कटलैण्डका सबै सदस्यहरु र सम्पूर्ण स्कटलैन्ड नेपाली जनसमुदायलाई अपिल गर्दछ।                                                                                      धन्यवाद।।।