भाइरल अमृत सापकोटा र उनको श्रीमती सुनिता बागदासले गाएको तीज गीत चर्चामा (भिडियो)

लोकप्रिय गायक अमृत सापकोटा र उनकी श्रीमती सुनिता बगदासको तीज गीत ‘शालि भेना’बजारमा आएको छ।गीतमा अमृत सापकोटा र सुनिता बगदसकै सुमधुर आवाज रहेको छ।लामो समय मिडियाबाट सबैको मन जितेको जोडी हो अमृत र सुनिताको।यो जोडीको दोहोरीहरु निकै भाइरल छन।

गीतमा लय तथा शब्द सृजना भने लोकप्रिय सर्जक तिलक ओलीको रहेको छ।पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल बाल गायिका कमला घिमिरेलाई संगीत बजारमा ल्याएर चर्चामा आएका अमृतको धेरै गीतहरु सुपरहिट छन।तीजको यो पहिलो गीत् हो अमृत र सुनिताको।

गीतमा चर्चित हास्यकलाकार किरण केसी रातामकै,लोशिना लामिछाने ,ऋतु तामाङ्ग लगाएतको दमदार अभिनय रहेको छ।करण चैसिर को छायांकन र मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियो सम्पादन भने बिकाश ज्ञवालीको रहेको छ।भिडियो हेरौ ::