नेजाको अध्यक्ष पदमा बिकास राज न्यौपाने निर्वाचित

विजय थापा ,डिसी महानगर क्षेत्र ! नेपाल अमेरिका पत्रकार संघ(नेजा)को अध्यक्ष पदमा बिकास राज न्यौपानेनिर्वाचित भएका छन ।

नेजाको सातौ अधिवेशन तथा १४ औ साधारण सभाले बिकास राज न्यौपानेलाई २०२१-२०२३ अवधिको लागि निर्वाचित गरेको छ ।

अध्यक्ष पदमा प्रारम्भमा बिकास राज न्यौपाने,गोकुल ढकाल ,किरण मरहठ्ठा ,निदेश अधिकारी ,अनुज थापा तथा विष्णुहरी घिमिरे सहित ६ जनाले उम्मेदवारी दिएका थिए ।


उनले ३८ मत प्राप्त गर्दै अध्यक्ष पदमा बिजयी भएका हुन् ।

अन्तिम अवस्था सम्म पनि सहमति बनाउन प्रयास गरिएता पनि सहमति हुन् नसके पछि निर्वाचन माध्यमद्वारा बिकास राज न्यौपाने,गोकुल ढकाल अनुज थापा निर्वाचित भएका हुन ।

अध्यक्ष पदमा उम्मेदवारी दिने मध्ये सबैभन्दा पहिले निदेश अधिकारीले उम्मेदवारी फिर्ता लिई गोकुल ढकाललाई समर्थन गर्ने घोषणा गरेका थिए । यसै गरि किरण मरहठ्ठा त्यस पछि बिष्णुहरि घिमिरेले अन्तिममा उम्मेदवारी फिर्ता लिए पछि अध्यक्ष पदको चुनावी प्रक्रियामा ३ जना मात्र उम्मेदवार बीच प्रतिस्प्रद्धा भएको थियो ।

अन्तिम समयमा पनि अध्यक्ष पदका प्रत्यासीहरु बिकास राज न्यौपाने,गोकुल ढकाल तथा अनुज थापा बीच सहमति गर्नको लागि छलफल र कुराकानी भएको थियो । सहमति नपुगे पछि चुनावमा जानु परेको थियो ।

आज सम्पन्न निर्वाचनमा कोषाध्यक्ष पदमा प्रभात भट्टराई तथा सचिवमा कल्पना घिमिरे निर्विरोध निर्वाचित भएका छन । यसैगरि सदस्यहरुमा अनिल अधिकारी, बाबुराम दाहाल,सॅगम बानिया तथा ज्ञान प्र शर्मा निर्विरोध निर्वाचित भएका छन !

यसैगरि क्षेत्रिय सॅयोजकहरुमामा शिव नेपाल(पश्चिम) बिराज भण्डारी(पश्चीम ),लिला देवी ओझा(डिसी क्षेत्र),गोकुल श्रेष्ठ (उत्तर पूर्व) तथा सृजन पण्डित (दक्षिण)बाट निर्विरोध निर्वाचित भएका छन ।

जुलाई २५ आइतबारका दिन सम्पन्न भएको निर्वाचनमा उपाध्यक्ष पदमा मच्छे देवी गुरुङ बिजयी भएकी छिन उनले ६० मत प्राप्त गरेकी छिन ।

महासचिव पदमा सुरज भण्डारीले ४१ मत प्राप्त गरि बिजयी भएका छन् । निर्वाचन समितिले जारी गरेको मतदाता सूचीमा १४५ जना रहेका थिए । आज सम्पन्न निर्वाचनमा ८१ मत खसेको थियो ।

टेक्सस निवासी पत्रकार तथा ब्यबसायी नेजाका कार्यवाहक अध्यक्ष बिकास राज न्यौपाने हिमालय खबरका प्रधान सम्पादक पनि हुन् ।