प्रकाश शाहीको शब्द संगीतमा सन्देशमुलक तीज गीत सार्वजनिक

काठमाण्डौँ, नेपाली दिदिबहिनी महिलाहरुको महान चाड तीज नजिकिदै छ ।

तीज नजिकिएसंगै तीजसंग सम्बन्धित बिभिन्न भाकाका गीत तथा म्युजिक भिडियोहरु बन्ने क्रम बढ्दो छ ।

कोरोना महामारी र लकडाउनका कारण पहिलो वर्ष भिडियो बन्ने क्रम केही कमै भएपनि यसपाली भने केही बढ्दो छ ।

यसै बीच गायिका सुनिता बिसीको स्वरले सुसज्जित तीजको ‘मेरो नाचो’ बोलको गीत सार्वजनिक भएको छ ।

दिदिनहिनीको मनमा हालको विभिन्न परिस्थितिका कारण मनमा कुजिएका कुरालाई दर्शाउन खोजिएको निकै नै मार्मिक ढंगले प्रस्तुत गरिएको
छ ।

प्रकाश शाहीको लय शब्द तथा विपिन आचार्यको एरेन्ज रहेको गितमा विभिन्न प्राकृतिक बिपत्ति बाध्यता, विवस्ता, राजनीतिक परिघटना र वैदेशिक हस्तक्षेपले हाम्रो समाजमा परेको नराम्रो असर तथा विषेशत: नारीहरुमा प्रत्यक्ष मारमा परेको कुराहरुलाई उजागर गर्न खोजिएको छ ।

यिनै कथा ब्यथाहरुलाई उजागर गर्दै जस्ताे सुकै पिर ब्यथामा पनि आफ्नाे संस्कार संस्कृति जगेर्ना गर्न नारीहरु रमाउने गर्छन नारीहरुकाे संस्कृति र नाच लाई केसैले पनि राेक्न र छेक्न सक्दैन भन्ने साकारात्मक सन्देश पनि गित मार्फत दिन खाेजिएको छ।

श्रीनाथ फिल्मस् प्रा लि को पोस्ट प्रोडक्सन चन्द्र मन्दिरको निर्देशनमा तयार पारीएको भिडियोमा सुधा कार्की, बिनम कंडेल, ममता खडलुक, जानकी शाही, लक्ष्मी शाही, भुमिका खड्का लगायतको अभिनय तथा न्रित्य देख्न सकिन्छ ।

ज्योती पौडेल (शाही) निर्माता रहेको भिडियोमा छायांकन अर्जुन सापकोटा, सम्पादन तथा रंग संयोजन निर्मल प्याकुरेल, श्रृंगार इन्द्रजित खड्का, कोरियोगा्रफी सिता भण्डारीको रहेको छ ।

भिडियोलाई प्रकाश शाहीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।