बिदेश गएका नेपाली चेली परे जेलमा,४ बच्चाको भयो बिजोक, वृद्ध आमाबुबा रुँदै आए मिडियामा,(भिडियो सहित)

माेरङकाे कानेपाेखरी-एकै घरका दुई दिदीबहिनी बिदेश हिडेका तर दुइवर्ष देखि जेलमा परेका छन। घरमा बुढीआमा र जेल परेका २ महिलाकाे छाेराछाेरीहरुकाे बिचल्ली भएकाे छ । दुबैजनाकाे श्रीमानकाे अताेपताे छैन । जेल परेकाे दुई छाेरीहरूसंग बेलाबेला सम्पर्क हुने र छाेरीहरले रुदै आमा हामीलाई निकाल्नुस भनेपछी पनि बुढीआमा र बुबाको केही लागेन ।

सारै गरिबी अबस्था खानलाउन पनि नपुग्ने अवस्था रहेकाे भन्दै डाको छोडेर रोईन आमा । ४ जना छोराछोरी र वृद्ध बुबाआमा मात्रै रहेकाे र कोही काम गर्न सक्ने अवस्थामा नभएको बताउँदै रुँदै गरेकी आमाको बोल्दाबोल्दै नाकबाट रगत बगेर बोल्न सकिनन । बूढी आमाले रुदै यसाे भनिन कि सुनेर सबै भाबुक बने । तलको भिडियोमा हेर्नुहोला ।