शिला आले, शर्मिला गुरुङ र सकुन्तला थापा भेट हुदा लास्टै रमाइलो गरे, हामि ३ दिदीबहिनी हौ भन्दै एकअर्काको पोल खोलेर हसाउनु हँसाए

काठमाडौँ | चर्चित लोक गायिका हुन – शिला आले, सर्मिला गुरुङ र सकुन्तला थापा तर शिला भने केहि बर्षदेखि उनी अमेरिकामा छन् । ठुलो संघर्षपछी आफुलाई सफलता मिलेको गायिका आलेले हामीसंगको कुराकानीमा बताईन । एउटा चर्चित र सफल कलाकार यसरी विदेश बस्दा कस्तो महशुश हुदो रहेछ भनेर सोध्दा भनिन -विदेश बस्दा पो देशको माया बढी हुँदोरहेछ । विज्ञान र प्रविधिको विकास सँगै पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा पनि निकै परिवर्तन भएको पाइन्छ, अहिले हरेक क्षेत्र अनलाइन हुन थालेका छन् ,नेपाली लोक संगीतको बजारमा पनि यति बेला अनलाइन रोधिको लहरै चलेको छ। युट्युब मा यतिबेला अनलाइन दोहोरीको खुब होडबाजी चलेको पाइन्छ ।

राजु परियार संग १२ बर्षपछि दोहोरि गाएर अहिले फेरी चर्चामा आएकी गायिका शिला आलेलाइ आज हामीले सर्मिला गरुंग र सकुन्तला थापासंग भेटाएका छौ | यी ३ जनालाई नया तीज गीतको रेकर्डको क्रममा मारुनी स्टुडियो काठमाडौँ लाजिम्पाटमा फेला पारेका हौ | हेर्नुहोस कुराकानी –