जिन्दगीका हरपलहरु सुन्दर हुन्छन र न जिन्दगी जिवन्त छ, आशाबादी छ र परिश्रमी बन्न उत्प्रेरणा मिल्छ । रोजीना प्रधान राई

बेलायत बाट रोजीना प्रधान राई लेख्नु हुन्छ :

जिन्दगीका हरपलहरु सुन्दर हुन्छन र न जिन्दगी जिवन्त छ, आशाबादी छ र परिश्रमी बन्न उत्प्रेरणा मिल्छ । नजाने हाम्री आमाले हामी बाल्यअवस्था हुंदा कति हजारौ पटक हामीले लात हान्यौ होला – तर कांखमा राखेर खाना खुवाउन कहिल्यै छाड्नु भएन । नादान ति बच्चालाई आफु भन्दा बढी स्नेहले हुर्काउनु भो – बढाउनु भो । मेरो लागी पासापुच उनै आमा हुन जहां मेरा हर खुसीमा मुस्कान छाउंछ ।

यति सुन्दर सम्मानका लागि पाश पुच: गुथी प्रती कृतज्ञ छु । बेलायतस्थित विभिन्न सामाजिक अभियानमा यहाँहरुसँगै सहभागी हुन पाउनु मेरो लागि वास्तवमै गौरवको कुरा हो । आगामी दिनमा पनि यहाँहरुसँगको साथ, र सहकार्य अझै प्रगाढ हुनेमा विश्वस्त छु – एक छोरी-चेली सदैब यहांहरुकै माझ सुखदुखको सारथी बन्न पाउं ।
धेरै धेरै धन्यवाद ।
रोजीना प्रधान राई
अध्यक्ष पदकी प्रत्यासी
गैरआवासीय नेपाली संघ यूके २०२१-२३