मौलिक सालैजो गीत सँगैका साथी बजारमा लोकप्रिय गायक बिष्णु खत्रीले आवाजमा (भिडियो)

काठमाण्डौ – धौलागिरीका लोकप्रिय गायक तथा सर्जकको नाम लिनुपर्दा विष्णु खत्रीको नाम सबै भन्दा अग्रस्थानमा आँउछ । उनी खत्रीले भर्खर मात्र निकै मौलिक सालैजो गीत सँगैका साथी भर्खर मात्र सार्वजनिक भएको छ ।

लोप्रिय गायिका जुना श्री मगर र विष्णु खत्रीको आवाज रहेको सो गीतलाई खत्री आफैले सिर्जना गरेका हुन । आफ्ना हरेक गीतमा फरक पन र मौलिकता दिन खत्रीले यो गीतमा पनि आफ्नो विशेषतालाई गीतमा उतारेका छन् ।

दर्जनौं उत्कृष्ट गीत सार्वजनिक गरेर सबैको मन जित्न सफल गायक खत्रीले यो गीतबाट पनि सबैको माया पाउने आशा ब्यक्त गर्नुभयो ।

गीतमा लोमश शर्मा र रुविना अधिकारीको अभिनय रहेको छ भने होम गुरुङको निर्देशन रहेको छ ।

गीतलाई विष्णु खत्रीको आफ्नै युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।