राष्ट्रीय युवा संघले भ्याक्सिन भोलिन्टियर खटाउने

जेष्ठ २० ,२०७८ पोखरा
राष्ट्रीय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलिन्टियर परिचालन गर्ने बताएका छन ।
संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उन्ले उक्त कुरा बताएका हुन ।

उन्ले तीन महिना भित्र हरेक जनता
लाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत ब्यक्त गरे । सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभाबकारी बनाउन टोल- टोल तहसम्म हज्जरौ स्व्यम्सेवक परिचालन गर्ने उन्ले बताए । नेपालमा कोभिड १९ को संक्रमण सगै यस्को नियन्त्रण,रोकथाम ,राहत तथा उद्दारमा देशब्यापी रुपमा आफ्नो संगठन र हज्जरौ नेता कार्यकर्ता परिचालित रहेको उन्ले दाबी गर्का छन ।

संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहल कदमीमा संकालीत उक्त सामाग्रीहरु गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उप कुलपती डा. डुक बाहादुर छेत्रीलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर ,पिपिई,मास्क्,ग्लोभ्स आदी गरी रु १० लाख रकम बाराबरको सामाग्रीहस्तान्तरण गरिएको आयोजकले बताएका छन ।