विवाहको २७ औं दिनमा पोखराकी बिनिताको रुपन्देहीमा रहस्यमय मृत्यु,कन्यादान गरेर पठाएकी छोरीको शव बुझ्न बोलाउँदा भिडियो सहित

जसले आफू बेहुली सिंगारिने कपडा–लत्ता, श्रृंगार–पटारका सामग्री आफैले रोजी–रोजी खरिद गरिन् । बेहुलालाई लगाई दिने स्वयम्वरको औंठीदेखि दाइँजोसम्म आँफै किनेर आफ्नो विवाहको तयारीमा आँफै जुटिन् । गत वर्षको कार्तिक–मंसिर महिनामै मगनी भएका जोडीसँग विवाह गर्ने तयारीमा थियो ।

तर, त्यति बेहुलाका हजुर बुवाको मृत्यु भएका कारण विवाह रोकिन पुगेकी थियो । त्यसैले यसपाली लगनको महिना बैशाखमा विवाहको तयारी गरिएकोमा भ्याई–नभ्याई थियो । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर–११ मद्रानी घाईघाटकी पार्वती गौतमले कास्कीको पोखरा महानगरपालिका–२२ , पुन्धीगुन्धी दोबाटो निवासी २३ वर्षिया बिष्णु बराल क्षेत्री लाई मगनी गरि दिएकी थिइन् रुपन्देहीको सैनामैना नगरपालिका बर्माचोकदेखि करिब दुई सय मिटर भित्र घर भएका ३० वर्षियप्रदिप भट्टराईसँग ।

गत वर्ष मगनी भई सकेपछि उनीहरुबीच भेटघाट , कुराकानी हुँदै नजिकको सम्बन्ध झाङ्गिदै गइसकेको थियो । हुनेवाला बेहुला पोखरास्थित हुनेवाला ससुरालीमा पनि जाने आउने गर्दै आएका थिए । प्रदिप भट्टराई त्यस घरका एक मात्र छोरा हुन् । लामो समय मुम्वई बसेर आएका , घर परिवार पनि राम्रै । उनी पनि खाइलाग्दो आकर्षक युवा । यसर्थ हुनेवाला बेहुली बिष्णुृले हुनेवाला बेहुलालाई आफ्नो जीवनसाथीका रुपमा मन–मस्तिष्कमा सजाई सकेकी थिइन् । शरिरको नशा–नशा र कण–कणमा भिजाई सेकेकी थिइन् ।जसका कारण विवाह पूर्व नै उनी प्रदिपलाई भेट्न समेत आएकी थिइन् । तर बिवाह भएको २७ दिन मै उनको रहस्यमय मृत्यु भएको छ । नालीबेली सहितको यो भिडियो हेर्नुहोस ।