रुपा मृ,त्यु प्रकरण: ‘माया एउटासँग, बिहे अर्कैसँग’ (भिडियो सहित)

जेठ ११ गते बुधबार अर्घाखाँचीकी एक चेलीको विवाह गरेको एक महिना भएको छ । दुर्भाग्य बुधबारनै उनको मृत्युको ११ औं दिनको पुण्य तिथी तथा कर्मकाण्ड गरिएको छ । गत बैशाख ११ गतेका दिन अर्घाखाँचीको पाणेनी गाउँपालिका–३ फिदिम आम्वोटका दामोदर पराजुलीकी २२ वर्षिया छोरी रुपा पराजुलीको पाल्पाको तानसेन नगरपालिका वडा नम्वर १२ स्थित अउल भन्ने टोलका २५ वर्षिय सुन्दर घिमिरेसँग मागी विवाह भएको थियो । दुर्भाग्य विवाहको २१औं दिनका दिन,जेठ २ गते विहान उनै बेहुली रुपा पाल्पास्थित घरदेखि १० मिटरको दूरीमा पर्ने रानीमहल होटल एण्ड रेस्टूरेण्टटको ट्रसमा नाम्लाको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

माइती पक्षले छोरी रुपाको कसैले हत्यागरी झुण्डाई दिएको आरोप लगाउँदै आएका छन् । हामीले यस घटनाको बारे बुुझ्दैजाँदा विवाह नहुनु अघिसम्म रुपाको अर्कै एक युवासँग प्रेम सम्बन्ध रहेको कोणलाई पनि माइती पक्षको स्वीकृतीमा उठान गरेका छौं । बुधबार मृतक रुपाका श्रीमान सुन्दर घिमिरेसँग सम्पर्क राख्दा उनका दाजु टंकनाथ घिमिरेले फोन उठाउँदै भने ‘भाई आज११ दिनको पुण्य तिथीको ब्यवस्ततामा छन्।’ घटनाका बारेमा प्रहरीबाट अनुसन्धान हुँदै गरेकोले आफू यो भन्दा धेरै नबोल्ने उनले बताए। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता डिएसी रामेश्वर त्वातीले मेडिकल रिर्पोट नआई सकेकोको र घटनाको अनुसन्धान भई रहेको छोटो प्रतिकृया दिए ।

अर्घाखाँची कै वाङला स्थित मृतक रुपमाका भिनाजु दिपक भुसाललाई मृत्यु हुनुको अघिल्लो दिन साँझ ४ बजेतिर रुपाले फोन गरेर घरमा आमा बुवा र दिदीसँग नभन्ने भए एउटा कुरा भन्छु भिनाजु भनेर भनेकी थिइन् । उनले गोप्य राख्ने सर्तमा आफ्ना नवदुलाह बारे सोंचे जस्तो नरहेको बताउादै रोएको भिनाजु भुसालले बताए । मृतक रुपाका बाबु दामोदर पराजुलीले भने छोरी आफैले झुण्डिएर आत्महत्या नगरेको दाबी गर्दै कसैले हत्या गरेर झुण्डाएको आरोप लगाएका छन् । ‘होटलको ट्रस करिब ९ मिटर उचाईमा रहेकोले छोरी त्यति अग्लो ठाउँमा कसरी नाम्लाको पासो लगाएर झुण्डिन सक्थिन ?’उनले यस्तो प्रतिप्रश्न गदै ज्वाँइसंग राम्रो सम्बन्ध नभएको बताउँछन् ।

उनका अनुसार गाउँकी फर्शुवा टाकुरामा कक्षा १२ को परीक्षा दिएर बसेकी रुपालाई आफ्नी सानीमाले तानसेनका सुन्दर घिमिरे र उनका दाजुलाई फागुन महिनामा मगनीका लागि ल्याएर आएकी थिइन् । त्यस महिनामा लगन नभएको भन्दै बैशाख ११ गते विवाह गरिएको थियो ।धुर्पाईलो फर्काउन दुबै बेहुला बेहुली हाँसी–खुशी आएर फर्केका थिए । जेठ ४ गते आउँछु मम्मी भन्दै हिाडेकी छोरी माइत आउन नपाई ज्यान गएको र आफूहरु अन्यायमा परेको पीडा सुनाउँदै आमा बोमकला पराजुलीले विवाहको २१ दिनमै छोरी गुमाउँदाको बिलौना पोखिन् । भिडियो हेर्नुहोस