नेपाललाई स्विजरल्यान्डद्वारा ९४ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग

काठमाडौँ — स्विजरल्यान्डले नेपाललाई कोभिड–१९ विरुद्ध लड्नका लागि ८० लाख अमेरिकी डलर(करिब ९४ करोड नेपाली रुपैयाँ) बराबरको अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
उक्त स्वास्थ्य सामग्री नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई शनिबार हस्तान्तरण गरेकी हुन् ।

स्विस दूतावासद्वारा जारी विज्ञप्तिअनुसार झन्डै ३० टन स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । नेपाललाई दिइएको स्वास्थ्य सामग्रीहरुमा ४० भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर, ११ लाख एन्टिजेन, १ लाख १० हजार केएन–९५ मास्क, ५० हजार पन्जा र १५ हजार पीपीई सेट रहेका छन् ।
राजदूत क्यापेलरले स्विजरल्यान्ड कोभिड–१९ महामारीविरुद्धको लडाइँमा नेपाल र नेपालीहरुसँग ऐक्यबद्धतामा उभिने बताइन् ।