एम्बुलेन्स भित्र लकडाउनमा यस्तो देखेपछि प्रहरी नै छक्क (भिडियो सहित)

कास्की जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढेपछि भएको निषेधाज्ञा भएपछि पोखरा सुनसान भएको छ। पोखरामा मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक, सिर्जनाचोक, लेकसाइड लगायतका सबै बजार र सडक सुनसान भएका हुन्। जिल्ला प्रशासन कार्यालय कास्कीले खाद्यन्न सामग्री, तरकारी, माछामासु, दूध दहीको पसल खोल्न समय तोकेको छ।

निषेधाज्ञाको सवारी साधन ठप्प रहे। बजार बन्द छन्। खुलेका पसलमा पनि ग्राहक निकै कम पुगेका छन्। पोखरा महानगरपालिकाले निषेधाज्ञा पालना गर्न माइकिङ गरेको छ। जिल्ला प्रहरी कायालय कास्की, वडा प्रहरी कर्यालयहरुले पनि आआप्नो कार्य क्षेत्रमा निषेधाज्ञा पालना गर्न अनुरोध गर्दै माइकिङ गरेका छन्। लकडाउन खुले संगै बाहिरी जिल्लाबाट पोखरा आउने क्रम बढ्यो। यसले पोखरामा पनि संक्रमणको दर बढ्दै गयो।

देशभर लकडाउन जारी छ । अति आवश्यक सवारी बाहेक अरु चलेका छैनन् भने प्रहरीले कडाईका साथ चेकिङ गरेको छ । पोखराको छोरेपाटनमा चेकिङमा रहेको प्रहरीले एक एम्बुलेन्सलाई जान दिएन । पोखरा देखी स्याङ्जा जान लागेको एम्बुलेन्सले बिरामी नभएको मानिस बोकेको भनेर रोकेको हो ।

चालकको अनुसार स्याङ्जाबाट बिरामी लिएर आएको र जाने बेला रित्तो जानु परेको साथै गाउँपालिका अध्यक्षको आग्रहमा मानिस लिएर आएको खुलासा गरे । एम्बुलेन्सबाट घर जान लागेका मानिसहरुले पनि काम भएन कोठा भाडा तिर्न समेत गाह्रो भएकाले जान लागेको बताएका थिए । केही समय पछि थप छलफल गरेर एम्बुलेन्सलाई छाडिएको थियो । हेर्नुहोस् यो भिडियो ।