द भ्वाइसका विकाश लिम्बुको स्वरमा “नेपाली माटो ” सार्वजनिक

काठमाण्डौं ।
साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत “नेपाली माटो ” सार्वजनिक भएको छ । प्रवासी भुमीमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको छ ।
प्रवासमा रहेर पनी नेपाली साहित्य साथै समाजसेवामा सक्रिय रहनुभएका मोहन कृष्ण होमागाईँको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । देशको माटो गीतमा द भ्वाइसका विजेता विकाश लिम्बुको स्वरमा गीत रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन ।
मातृभुमी प्रतिको अथाह प्रेम र मानवीय जिवनका भोगाईलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई विष्णु विक्रम निरौलाले सम्पादन गरेका हुन ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।