मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को हृदयविदारक पत्र विदेशमा रहेका नेपालीहरुको लागी। ….

मेरो अनुरोध,

विश्वभरी छरीयर रहूनुभयका सम्पूर्ण नेपालीहरुमा नमस्कार,

हुन् त कोरोना माहामारी संसारभरी नै छ, अत यस अबस्थामा अन्य मुलुकमा सरकारी तरवाट जनतालाई बिभिन्न सेवा-सुबिधा, उपचार सामर्ग्री तथा खोपको व्यवस्था गरी कोरोनालाई धेरै मुलुकहरुले जितिसकेको छन्, तर हाम्रो देशमा भने कोरोना संगको लडाँइ भन्दानि सत्ता र कुर्चीको लडाँइमा हाम्रा नेताज्यूहरु लागिरनुभयको छ, र मलाई लाग्छ हाम्रा नेताहरु अझपनि कोरोना संग हैन सत्ता र कुर्चिकै लागी लडीरहनु हुनेछ ।

र कोरोनाको बिरामीहरु अक्सिजन अभाबमा मरिरने छन यो निकै दु:खद कुरा हो । हामी नेपाली जनताको लागी, त्यसैले यो विषम परिस्थितिमा हामीले गुहार्ने भनेको ठाउँमा रहनुहुने हाम्रा दाजु भाई तथा दिदीबहिनीलाई हो ।

यो दु:खद घडीमा, NRNA का अधक्ष्य तथा सम्पूर्ण टिम लाइ एउटा अनुरोध छ कि, हजुरहरुले संसारभरी छरियर रहनु भयको सम्पूर्ण नेपाली तथा विभिन्न् संघ संस्था संग समन्वय गरी नेपालीहरुको जीवन रक्षाको लागी अक्सिजन नेपाल पठाइदिनु भयमा सपूर्ण नेपाली हरुको जीवन रक्षा हुनेथियो ।

NRNA ले यो अनुरोधलाई सकारात्मक रुपले लेनेछ भन्ने आसा गरेको छु ।

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)