जसोदा र धुर्ब अभिनित ‘नियतिको खेल’ सार्वजनिक

काठमाण्डौं बैशाख २७
समय एक्काईसौ शताब्दीमा पुगिसक्यो तर नेपालमा अझै पनि कँहीकतै जातपातलाई मानिन्छ ।

अहिले कानुनी रुपमा पनि यसलाई गलत मानिसकिएको छ तर पनि कहिकतै समाजमा यसको छाप कायम नै छ ।

यस्तै यस्तै कथा बस्तुलाई लिएर निर्माण गरिएको मर्मस्पर्शी गीत ‘नियतिको खेल’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सुमन बस्नेत र मुना कुमालको स्वरले सजिएको गीतमा जसोदा कार्की, धुर्व कोइराला र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ भने भिडियोलाई क्रान्ति के सिले निर्देशन गरेका छन ।

गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत, एरेन्ज र मिक्सिङ रहेको छ भने भिडियोको छांयाकन अजय रेग्मी र सम्पादन निर्देशक के सि कै रहेको छ ।

भिडियोलाई सुनिल बिसिको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।