सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक

सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिनको छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो । गीतलाई विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले लेखेका हुन्।

यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन छ ।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गरेका छन्। उनले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित गीत सङ्गीतका विविध ५२ विधामा विश्व रेकर्ड राखेका हुन् ।