बारपाक-सूलीकोटका लाहुरे बने लण्डन बरोका मेयर

हलोवाला समाचार, लण्डन बरो अफ हन्स्लो।

गोर्खा सौरपानी, फुन्चोक (हाल बारपाक-सूलीकोट गाउँपालिका वडा नं ४ मा जन्मिएका बिष्णु गुरुङ बेलायतको लेबर पार्टीको तर्फबाट स्थानीयचुनाब जित्दै लण्डन बरो अफ हन्स्लोको मेयर पदमा निर्बाचित भएकाछन्। “मेयर गुरुङ, उपल्लो गोर्खाको बारपाक-सौरपानी क्षेत्रका लोकप्रिय समाज सेवी ‘धने मास्टर’का जेठा छोरा हुन्। उनका पिता धन बहादुर तत्कालीन हिमालय स्कूलको संचालक समितिका संस्थापक सदस्यको साथै राजनीतिमा तत्कालीन सौरपानी गाउँ पंचायतका वडा अध्यक्ष समेत हुन्। मेयर बिष्णु गुरुङले आफू आफ्नो बाबुको स्वतन्त्र राजनीति, शिक्षा तथा समाज सेवाबाट प्रेरित भएको बताए।”

लामो समय देखि पश्चिमी लण्डनको हन्स्लो स्थित फेल्थहाम निबासी गुरुङ, बृटिश सेनाका अवकाश प्राप्त अफिसर पनि हुन्। बृटिश सेनाबाट अबकासलिए पश्चात् बेलायत बस्दै आएका गुरुङ पेशाले भने लण्डनको सार्बजनिक नगर बस अर्थात् रातो बस चलाउने ड्राईभर हुन्। आफ्नो स्थायी जागीरकोअतिरिक्त उनी स्थानीय राजनीतिमा पनि निकै सकृय रहँदै आएका थिए। यस अघि बेलायतको लेबर पार्टीको प्रतिनिधित्व गर्दै लण्डन बरो अफहन्स्लोमा काउन्सीलरबाट उपमेयर सम्म बनेका उनी यसपाली भने मेयरमा नै बिजयी बनेका हुन्। उनी लण्डनको स्थानीय राजनीतिमा निकै प्रभाबशालीतथा बौद्दिक नेतामा गनिन्छन्।

यसको अलावा उनले आफ्नो पेशा र राजनीतिसंगै बेलायतमा बसोबास गर्दै आएका एशियन आप्रबासी समुदाय मध्ये बिशेष गरी दक्षिण एशियालीनेपाली, ईन्डियन, बंगलादेशी, श्रीलंकाली समुदाय भित्रका असहाय र अपाङ्ग वृद्दबृद्दाहरु अनि स्थानीय नेपाली समुदायका बिधवा महिला तथाआमाबाबु बिहीन टुहुरा बालबालिकाहरुलाई बेलायतमा पाईने विभिन्न खाले सुबिधाहरु अर्थात् बिशेष गरी रिटायर्ड बृटिश नेपाली लाहुरे परिबारकोडिपेण्डेण्ट/आप्रबासी भिषा तथा बिचल्लीमा परेकाहरुलाई हाउजिङ् बेनिफिट या बसोबासकोलागिकोलागि काउन्सिलिङ्ग मार्फत कानूनी सरसल्लाह, सुझाब तथा महत्वपूर्ण रुपले सहयोग पुर्याउंदै आएकाछन्। समाज सेवामा नेपाली समुदायबीच निकै लोकप्रिय नाउँ कमाएका गुरुङलाई स्थानीयनेपालीहरुले सम्मान पूर्बक हन्स्लोका “मुखिया-बा” भनेर समेत चिन्ने गर्छन्।

फौजी जिबन देखि सफल राजनैतिक उचाई सम्म

पेशाले रिटायर्ड लाहुरे गुरुङ एकाएक कसरी भए त लण्डन बरो अफ हंस्लोका प्रभाबशाली मेयर?

बृटिश आर्मीका अवकाशप्राप्त लाहुरे बिष्णु गुरुङ सन् २०१४ मा पहिलो पटक लेबर पार्टीको तर्फबाट लण्डन बरो अफ हन्स्लोको हान्वर्थ वार्डकोकाउन्सिलर पदमा निर्वाचित हुँदै सफल राजनीतिमा प्रवेश गरेका थिए। राजनीतिसंगै कुटनीति पनि खेल्न सिपालु उनी सोही वर्ष नै काउन्सिलरबाटएक्कासी उप-मेयर पद सम्हाल्न पुगे। स्मरण रहोस्, आफू उपमेयर भएका बेला नै उनले सन् २०१५को अप्रिल र मे महिनामा नेपालमा गएको महा-भूकम्पका घाईतेहरुको तत्काल उपचारकोलागि बेलायतबाट भोलुण्टिएर डाक्टर तथा नर्श गरी १२ जनाको टोली पठाएका थिए। त्यतिमात्रै नभई उनलेभूकम्प पीडितहरुको सहयोग तथा राहतकोलागि हन्स्लोको हाईस्ट्रिटमा बृटिश मिलिटरी ब्याण्डको झण्डा झुकाउँदै एक बिशाल क्याण्डल भिजिलकोआयोजना समेत गरेका थिए। उक्त क्याण्डल भिजिलको लगतै उनले हल्स्लो नगरपालिकाको सिभिक सेन्टर हलमा ठूलो रात्रिभोजको आयोजना गरीत्यसबाट उठेको ठूलो राशी बिशाल भूकम्पले भत्किएका स्कूलहरुको भबन निर्माणकोलागि आफैंले नै नेपाल बोकेर लगि स्कूलस्कूलमा चाहार्दै बाँडेकाथिए।

त्यसपछि उनी सन् २०१८ मा लेबर पार्टीकै तर्फबाट ह्यानवर्थ वार्डको काउन्सिलर पदमा पुन:निर्वाचित भएका थिए। नेपालमा जस्तो सारा आफ्नो कामैछोडेर राजनीति गरेर काहाँ खान पुग्छ र बेलायतमा? आफ्नो पेशाको कामसंगै जनसेवामा दिनरात खटिएर लोकप्रिय बनेका उनी अहिले फेरी हन्स्लोनगरकै मेयर पदमा निर्बाचित भएका हुन्। हन्स्लो काउन्सिलमा उनको लोकप्रियता, लेबर पार्टीको बिश्वास एबं गहन जिम्मेवारी तथा नगरभरकाकाउन्सिलरहरुसँगको सहकार्यको आधारमा उनी यही मे ४ तारिकका दिन बेलायतको अति ब्यस्त शहर लण्डन वरो अफ हन्स्लोको मेयर जस्तोशक्तिशाली र जिम्मेवार पदमा निर्वाचित भएका हुन्।

ब्रिगेड अफ गोर्खाजमा लामो समयसम्म सेवा गरेका उनी गोर्खा नेपलिज कम्युनिटी हन्स्लो (GNCH) का संस्थापक अध्यक्ष समेत हुन्। आर्मड फोर्सेसच्यारिटी (एसएसएफए) को अति ब्यस्त ‘केस वर्कर’ समेत रहेका गुरुङ अन्य धेरै नै बिदेशी तथा नेपाली संघसंस्थाहरुमा स्वयंसेवी भूमिकामा पनि व्यस्तनै छन्। दु:ख र समस्या लिएर आउने जो कोहीलाई दिनरात केही पनि नभनी सहयोग गर्ने उनको बानीले गर्दा नै उनलाई आज यो उच्च र जिम्मेवारपदमा पुर्याएको कुरा उनलाई नजिकबाट नियाल्ने मानिसहरु बताउँछन्।

बुधबार बिहान आधिकारिक रुपले मेयरमा घोषणा भएपछि लण्डन बरो अफ हन्स्लोको सिभिक सेन्टर अगाडी पुलकित हुँदै उनले भने – “हर्षले आजमेरो भूईंमा खुट्टै छैन।” … “यो जित मेरो मात्रै नभई सम्पूर्ण नेपाली र मेरो जन्मभूमि नेपाल कै जित हो।” लण्डन-नेपाल न्यूजका प्रधान सम्पादक शिबभण्डारीसंगको सम्बादमा उनले भने – “आफ्नो योगदान र अनुभवले मेयरको जिम्मेवारी पाएको छु, कम चुनौतीपूर्ण छैन्’, उनले सुनाए, ‘तर, म मेरोदायित्वबाट कत्ति विचलित नभई स्थानीय जनताको विश्वास जितिरहनेछु।’ उनले थपे। ‘म वास्तवमा बहु-सांस्कृतिक, बहु-भाषिक, समुदायसंग काम गर्नउत्सुक छु र स्थानीय वासिन्दाको जीवनस्तर उकास्नलाई एकदमै समर्पित रहनेछु’, गुरुङले भने।

गोर्खा सौरपानीका बिष्णु गुरुङ लण्डन बरो अफ हन्स्लोको ५६औं मेयर पदमा निर्वाचित आप्रबासी राजनीतिज्ञ हुन्। उनले यो ज्यादै ठूलो सम्मान रनेपालीहरुकै गौरवको बिषय भएको बताउँदै सम्पूर्ण काउन्सिलरहरु, पूर्ब मेयर, उप-मेयर, स्थानीय सहयोगी जनसमुदाय तथा शुभ-चिन्तकहरु सबै प्रतिहार्दीक आभार व्यक्त गरेकाछन्।

नेपालको गोर्खा जिल्लाको बारपाक, सूलीकोट गाउँपालिका सौरपानी-४, फुन्चोक गाउँमा जन्मीएका पूर्व ब्रिटिश गोर्खा स्टाफ सार्जेन्ट बिष्णु बहादुरगुरुङ सशस्त्र ब्रिटिश गोर्खाज ब्रिगेडबाट सन् १९९५ मा सेवा निर्वृत भएका व्यक्ति हुन्।

सेवाकै शिलशिलामा उनीसँग हङकङ, ब्रुनाई, सिंगापुर र बेलायतको अनुभब छ। उनी नेपाली तथा वेलायतको विभिन्न् सामाजिक संघसंस्थामा आवद्धहुनुका साथै विशेषगरी रिटायर्ड बृटिश गोर्खा आर्मीहरुकोलागि विभिन्न माध्यमबाट सहायोग पुर्याई रहेका पनि छन्। सानै उमेरदेखि आफ्नो बाबुकोरिटायर्ड आर्मी जीवन तथा निस्वार्थ समाजसेवाबाट प्रभावित हुँदै आज यहाँसम्म आईपुगेको उनी बताउँछन्। वेलायतको प्रतिपक्षी पार्टी लेबरमा आवद्धरहेर राजनीतिमा सरिक हुँदै आएका उनी नेपालको राजनीतिमा भने खासै चासो राख्दैनन्।

मेयर बिष्णु बहादुर गुरुङ् आफूले विभिन्न क्षेत्रमा गरेको अनुकरणीय काम तथा असल आचरणका कारण विभिन्न पदकबाट समेत विभूषित भएकाछन्।

बेलायतमा नेपाली मुलबाट मेयरमा निर्वाचित हुने आप्रबासीहरु मध्ये बिष्णु गुरुङ तेश्रो आप्रबासी नेपाली मेयर हुन्। यसअघि बेलायतको स्वान्लीमाशंकर गैरे र कोलबर्न टाउनमा जगन्नाथ शर्मा मेयर पदमा निर्वाचित भएका थिए।

बेलायतको मूलधारको राजनीतिमा नेपालीहरुको प्रवेश अझैसम्म हुन नसकेतापनि स्थानीय नगरपालिका स्तरको राजनीतिमा भने उनीहरुको संलग्नतापछिल्ला बर्षहरुमा बाक्लिंदै गएको देख्न सकिन्छ।
हलोवाला समाचार।