ब्रुस ली – चमत्कारिक जीवन, रहस्यमयी मृत्यु, आखिर कसरी ३२ बर्षमै मारिए वा मरे ? हेर्नुहोस मृत्युको रहस्य

काठमाडौँ | ३२ वर्षकै उमेरमा ब्रुस लीको निधन भएको थियो । तर, छोटो समयमै उनले धेरैको मन जिते । हलिउडमा चिनियाँ मार्सल आर्टस् ‘कुङ फू’ भित्र्याउने श्रेय ब्रुस लीलाई जान्छ । उनी संसारकै उत्कृष्ट मार्सल आर्टिस्टमध्ये एक हुन् । हलिउड फिल्ममा मुख्य भूमिका निभाउने पहिलो एसियन–अमेरिकनका रूपमा पनि उनी चर्चित छन् । अमेरिकाको सान फ्रान्सिस्को, चाइनाटाउनस्थित अस्पतालमा १९४० नोभेम्बर २७ मा जन्मिएका ब्रुस लीको स्थायी घर हङकङ हो । उनका बाबु पनि हङकङका चर्चित कलाकार थिए ।

ब्रुस लीको खास नाम ली जुन फ्यान हो । उनी ‘लिटिल ड्र्यागन’ भनेर पनि चिनिन्छन् । यसको कारण, उनी चीनको ड्र्यागन वर्ष, ड्र्यागन दिन र ड्र्यागन घन्टामै जन्मिएका थिए । यस्तो समयमा जन्मिनेहरू सफल हुने विश्वास चिनियाँ समाजमा छ । ब्रुस लीको ख्याती जति चमत्कारिक छ, उत्तिनै रहस्यमयी छ उनको मृत्यु । मार्सल आर्ट कलाकार एवं हलिउड अभिनेता ब्रुस ली कसरी अल्पायुमै बिते ?
ब्रुस लीको मृत्यु हुँदा उनकी छोरी शानोन ली चार बर्षकी मात्र थिइन् । आफ्ना पितासँग विताएको क्षणहरुलाई स्मरणिय राख्न उनले एक वृत्तचित्र बनाएकी थिइन् । हेर्नुहोस –