श्रम दिवसले श्रमिक मनुष्यको व्याख्या गर्नु अतिआवश्यक छ। पसिनाको मुल्यको कदर हरेकले गर्नुपर्छ। मनुष्य कर्मको लागि बनेको हो।

जानकी पन्त बेलायत ,
श्रम दिवसले श्रमिक मनुष्यको व्याख्या गर्नु अतिआवश्यक छ। पसिनाको मुल्यको कदर हरेकले गर्नुपर्छ। मनुष्य कर्मको लागि बनेको हो। मनुष्य भई जन्म लिएपछि सत्कर्म हरु गर्नुपर्छ। काम हुन त सबै समान नै हुन् तरपनि अहमले त्यसमा बर्ग बनाएको छ, थप विभाजनकै कुरा शब्दले व्याख्या गरेको छ।

१८८६ मे १ मा सिकागोको हेमाक्रेटामा अहम घमण्डको मिलावट सोचले कैयौं मजदुरको नरसंहार गराइयो त्यसको सम्झनालाई मजदुर दिवस भनिईयो जुन आजसम्म कायमै छ। र त्यसलाई निरन्तरता दिनुपर्छ भन्न अन्तर्राष्ट्रिय श्रम संगठनको स्थापना गरिईयो। विश्वले यसलाई जायजकै रूपमा ग्रहण गर्यो। जुन एक सकारात्मक पक्ष हो। यस्ले विगतको गल्ती र भविष्यको सचेतनाप्रति मनुष्यलाई सदा तयार राख्नेछ।

श्रम संगठन स्थापना पुर्व नेपाल मात्र होईन् अनेकन देशमा मजदुरलाई वस्तु सरह व्यवहारमा प्रचलन गरिन्थ्यो । नेपालमा कमलहरी प्रथा त्यस्को एक उदाहरण हो। र त्यो भन्दा तल्लो निच प्रथाको रूपमा देउकी प्रथा मान्न सकिन्छ जुन मानवीय सोच विपरीतका यथार्थता हुन् । र नेपालमा माओवादी द्वन्द चरम उत्कर्षमा पुग्नुको मुख्य कारक तत्व पनि कमलहरी र देउकी प्रथा पनि हुन् । हुन त यो पुरै सफल त भएन् तर निकास र व्यवस्थापनको आवाज भने अहिलेसम्म पनि गुन्जिइरहेकै अबस्थामा छ । माओवादीले दास प्रथाबाट मुक्ती चाहिन्छ भन्ने आवाज उठाए पछि धेरैले खुलेर आवाज उठाए तर अझैपनि यो अलपत्र मा छ। किनकि सिक्काको दुई पहेलु हुन्छ भनेझै खाने मुख एउटा अनि देखाउने एउटा यहाँ भएको छ।

विश्वका धेरै मुलुक आर्थिक समृद्धितर्फ उन्मुख भए पश्चात् श्रम क्षेत्र विस्तार हुँदै गएको छ । सन् १९१९ मे १ मा अन्तर्राष्ट्रिय श्रम संगठन स्थापनाकाल देखि नै यस संगठनले श्रमिकहरुको हकहित र अधिकारका लागि काम गर्दै आएको छ। यो खुशिको कुरा हो । तर पनि हाम्रो देशमा यसको उचित व्यवस्थापन या ब्यबहारमा लागु नहुनु अर्को दु:खद कुरा पनि छ।

नेपालको सन्दर्भमा मजदुरले यसबाट लाभ लिन बाँकी नै छ । यहाँ यस्ता हकाधिकार हरु नारा र भाषनबाजीमा मात्र सिमित छन्। नेपालमा पहिलो श्रम शोषण शासक या शासन व्यवस्थाले नै गरेको छ । मजदुरको न्युनतम मागलाई समेत सरकारले व्यवस्थापन गर्न सकेको छैन् । मुद्दा हरु सदा मजदुरकै उत्थान गर्ने बनाएर आफुहरु शासक बनेतापनि तिनै मजदूर हरुको पेटमा लात हान्ने प्रवृत्ति अझैपनि हाम्रो समाज लगायत गरिबी राष्ट्रहरुमा यथावत नै छ। हरेक कार्यमा कमिसन खाने लगायत समयमा पारिश्रमिक नदिने जस्ता शोषण अनि अनेकन कुकृत्य कार्यहरु गर्ने अनि कानुन लाई उनैले किनि रहेकै छन्। तोकिएको पारिश्रमिक नदिने, समय भन्दा ज्यादा जोताउने, मनुस्य लाइ पशु सरह मान्ने, अझैपनि उस्तै छ। समाजमा उत्थानका ठुला कुरा गरेर गरिब लाई शोषण गर्ने त्यस्ता धमिराहरुलाई जरा देखि नष्ट गर्ने गरि, त्यस्मा आमूल परिवर्तन ल्याउने गरि परियोजना तयार गरि हामीले श्रम दिवस मनाउनु जरुरी छ ।

अन्तमा, १३२ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमजिवीहरुमा हार्दिक मंगलमय शुभकामना |