लोकतन्त्र व्यवस्था को सुरुवात पछि यहाँ हजार मुहारहरु फेरिए तर अवस्था जस्ताको तस्तै रह्यो, देशको मुहार कहिल्यै फेरिएन।

जानकी पन्त,
#जागनेपालीअभियान
लोकतन्त्र व्यवस्था को सुरुवात पछि यहाँ हजार मुहारहरु फेरिए तर अवस्था जस्ताको तस्तै रह्यो, देशको मुहार कहिल्यै फेरिएन। धर्म निरपेक्षता, गणतन्त्र, संघीयता कागजमा आयाे, साचाे अर्थमा ब्यबहारमा यी कुनैपनि आएनन्! कारण अभावलाई त्यस्तै राखी प्रभाव तिर जोड दिई आफ्नो स्वार्थ पुरा गर्ने स्वभावका नेता भएका कारण जुन जोगि आएपनि कानै चिरेका भने जस्तै सत्य साबित भएको छ।

परिभाषा, नैतिकता र नियममा राम्रो सोच र सिद्धान्तको संगम भएको अनि सोहि अनुरुप कार्यन्वयनमा रहेको राजनीति असली राजनीति हो। तर अफसोच नेपालको सन्दर्भमा कसैमाथि आभास नहुने तरिकाले अत्याचार राज गर्नु, झुठको खेती गर्नु, संसद भवन लाई बृद्धाश्रम झैँ बनाउनु, देशमा कुनै तानाशाही जन्माउने सोच राख्ने विधि अपनाउनु, सर्वहाराको रगत चुस्ने मन्त्र या व्यथिती विसंगतिलाई बढावा दिने तन्त्र लाइ लाई राजनीतिको रुपमा ग्रहण गर्नु, कार्यकर्तालाई सोचहीन प्राणीका रुपमा भेडाबाख्रा झैँ बनाउनु, उनलाई झुठ र गलतको अनुशरण गर्न लाउनु, युवा जोश पुर्णतया सिध्याउन लाइ ठक्कर र चक्कर दिएर चलखेल चलाउनु यहाँ यस्ता कार्यविधी लाइ राजनीति मानिन्छ। आज जसको कारण राजनीति नेपालमा पेशा बनेको छ। भ्रष्टाचार गर्ने हरुको अखाडा बनेको छ। यहाँ हाँस्नलाई फुर्सद नभएकाहरुले अरुलाई रुवाउनुपर्छ भन्ने सोच राख्ने गर्छन? समानता र सद्भावले बाँच्न सक्ने धर्तीमा निहित स्वार्थको लागि ऊल्झन र अप्ठ्यारा परिस्थिति उब्जाउछन !

देशलाई वादले समृद्धि पार्ने हो भने पन्चायत व्यवस्थामा भन्दा सयौं गुणा विकास प्रजातन्त्रमा हुनु पर्ने थियो अझ हजार गुणा लोकतन्त्रमा हुनुपर्ने हो। भयो के त भन्दाखेरि पन्चायत व्यवस्थाले निर्माण गरेका सबै कल कारखाना प्रजातन्त्रले बेचेर खाए। लोकतन्त्रले त झन संविधान लेख्न मात्र पनि ८ वर्ष बिताए। गणतन्त्रको माग राख्नेहरुले त भौतिक विध्वस नै मचाए। सयौंको ज्यानलाई कौडिको मोलमा हरण गरे। विकासको नाउँमा व्यक्ती भर पोषण मात्र गरे। मनुष्य जीवन पशुतुल्य बनाए। यसरी नै जनताको आँखामा छारो हाल्दै धकेक्दै राजनीति अघि बढाए। नेता भनेको जेलनेल बसेका हुनुपर्छ भन्ने खाले त्यतातिर सिद्धान्त मोडे।

हिजो बहुदलिय व्यवस्थामा एक जना बराबर वैदेशिक ऋण ७ हजार सुनेको थिए तर अहिले ४७ हजारको चर्चा छ। के यस्लाई विकास भएको हो भन्दै लोकतन्त्र जिन्दावाद भन्ने ? के यो देशमा जनता छैनन्। के यहाँ पार्टी कार्यकर्ता बाहेक अरु कोहि बसोबास गर्दैनन्? के यिनलाई देशको चिन्ता छैन, के यिनलाई आफ्ना भाबी पिढी को चिन्ता छैन? मेरो पार्टी भन्दा ठूलो हामीले हाम्रो देश भन्न सकेनौं। फलत अभावले खोज्न सिकाउने कार्य प्रभावले पाउँछ कि सोच्दै स्वभाव बिगार्ने कार्य राजनीति बनिरह्यो।

गाउँ छोडी सहर पसेका कहिल्यै गाउँतिर मोडिएन् जबकी गाउँ फर्क अभियान पन्चायत व्यवस्था देखि थियो। महेन्द्र राजाले पुर्व पश्चिम जोडिएको राजमार्गले देशको मुहार फेरिएको थियो। शिक्षामा सबैको पहुँच होस् भन्ने हेतुले विश्वविद्यालय खोलियो तर त्यहाँ पनि भ्रातृसंगठन खोलेर शिक्षा किन या बेच भन्ने राजनीति रचियो। भन्ने बेला बाहिर शिक्षा स्वास्थ्य निशुल्क हुनुपर्छ भन्ने तर व्यवहारमा त्यसकै मुनाफा खानुपर्छ भन्दै आफै लगानी गर्न पछि नपर्ने हरुले देशलाई डुबाए। नेपाली हरु नेपालको जनता हुनुपर्ने ठाउमा कार्यकर्ता मात्र भई दिनाले सबै क्षेत्रमा लुट्ने मनशायको राजनीतिले जरो गाड्यो। आज त्यो प्रवृति हाँगाबिगा फैलिएको जरो गाडेको रुख वा प्रचण्ड गर्मीको सुर्य बनेको छ जुन मानव जीवनको लागि खतरायुक्त छ। जस्को निकास भनेको देशको बदलाव राजनीति या देशमा आमूल परिवर्तननै हो। देशमा आमूल परिवर्तन ल्याउने सहि साधन भनेको राजनैतिक व्यवस्था र कुशल नेतृत्व नै हो। जसको लागि लोकतन्त्र जतिको पवित्र व्यवस्था अरु कुनै हुन् सक्दैन।

यहाँ ९० प्रतिशत असल मनुष्यमाथि १० प्रतिशत खराबले राज गर्नुको मुख्य कारण मेरो खेत, मेरो घर, मेरो परिवार, मेरो पार्टी, मेरो व्यापार, मेरो नोकरी नै हो। हाम्रो देश पहिला यहाँ मान्छेलाई कहिल्यै आएँन। सबैका लागि हामीले गर्नुपर्छ भन्ने कुरालाई अरुले गरेहुन्छ स्वार्थ त्यति मात्र रह्यो। सबैलाई थाहा छ मरि लानु केही छैन् तैपनि अहम् र स्वार्थको कारण एकले अर्कोलाई होच्याउने गिराउने, खुट्टा तान्ने कार्य भईरहे!

यहाँ मान्छेहरु अरु हाँस्दा आफू रुने पर्ने सोचको दास बने। एक देखि अरुमा लोभ, लालच र ईष्र्या लाइ ठूलो माने। फलत सम्बिर्द्दी लाइ टुक्राटुक्रा पारी अरुले सयमा राज गरे। धर्म जातको कुरा गरि लोभमा फसाएर सोझासाझा लाई दासै बनाए। जनता त्यस्मै खुशी रहे।
अन्तमा,के हामी सर्बश्रेष्ठ मनुष्य होईनौं र ? के हामीमा विवेकता छैन् र? यदि विवेक केहि शेष बाँकी छ भने राजनीति लाई शुद्ध र स्वच्छ बनाऔ। हरेकले केवल आफ्नो देशको लागि केहि गरौं भन्ने सोच राखौ। देश हामी सबैको जिम्मेवारी हो। राजनीति मेरो पेशा होईन् भन्ने सोच हटाऊ। आफ्नो देशको लागि राजनीति सबैले बुझौ। परिआए देशको निम्ति त्याग र बलिदान दिन पछि नपरौ। सहि ज्ञान, शिप, कला र शिक्षाको अनुशरण गरौं। बेरोजगार, भ्रस्टाचार, भोक, रोग, गरिबी, असिक्ष्या लाइ जरो बाट मेटाउन लाइ अभियान चलाऔ। सबै मिलिजुली देशको मुहार फेरौ। हामीमा एकता, समझदारी रहे अनि बुद्दि बिबेक पूर्ण कार्यान्वन भए असम्भव केहि छैन।

कुनै वादले केही परिवर्तन आउँदैन् जबसम्म यो बुझ्दैनौं तबसम्म देश परिवर्तित हुदैन्। परिवर्तनको लागि नेपाल आमाको सच्चा सक्षम सपुतहरु हरकोही जाग्नु पर्छ नत्र पुरानै दुषित राजनीतिले देस लाइ ग्रसित बनाईरहनेछ
त्यसको फाईदा देशका ठुला चोर फटाहा लुटेराले लिईरहनेछन, देशको ढुकुटी रित्याउनेछन्। #janakipantjoon
To be continued..
#जागनेपालीअभियान