एलिना र अलिफको नयाँ गीत ‘भेट भएको दिन‘ भिडियो सहित ।

काठमाण्डौं ।
गायक अलिफ खान र गायिका एलिना चौहानको नयाँ गीत ‘भेट भएको दिन‘ गीतको भिडियो सार्वजनिक भएको छ ।

बसन्त पोखरेलको शब्द तथा संगीत गीतमा रहेको छ । मायालु जोडि विचको प्रेमको भावलाई गीतमा ब्यक्त गरिएको छ । आफनी मायालुलाई चौतारीमा कुरेर बसेको कुरालाई गीतमा समेटिएको छ ।

राम कुमार केसीको छायाँकन , टेकेन्द्र शाहको सम्पादन तथा एलिफ र एलिनाको फिचरिङ्ग भिडियोमा रहेको छ ।

‘भेट भएको दिन‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।