जग्गाको बिषयले फेवाताल किनार तनाबग्रस्त, महानगरले सकेन भत्काउन, स्थानीयले गरे अबरोध (भिडियो सहित)

पोखरा महानगरपालिकाको अनुमति विना पोखरा १८ खपौंदीस्थित फेवाताल किनारमा लगाइएको पर्खाल भत्काउने क्रममा प्रहरी र स्थानीयबीच बिबाद उत्पन्न भयो । पुस्तौदेखि आफूले खेती गर्दै आएको जमिन भएको बताउँदै लालपुर्जाको आधारमा तिरो तिर्दै आएको आफ्नो जमिनमा फेवाताल सौन्दर्यीकरण गर्न पर्खाल लगाउने र तालमा वगेर जाने माटो रोक्न आफूहरुले पर्खाल लगाएको स्थानीयको दावी छ ।

फेवातालको मापदण्ड तोकि सकेको अवस्थामा विना अनुमति कसैले पनि संरचना बनाउन नहुने धारणा नागरिक अगुवा रामबहादुर पौडेलको भनाइ छ । सरकारले प्रचलित मूल्य अनुसार जग्गा धनीलाई क्षतिपूर्ति दिएर फेवाताल संरक्षण गर्नुपर्ने उहाँको धारणा छ ।