यी राशी हुनेसँग बढि आकर्षित हुन्छन् विपरित लिङ्गी (भिडियो सहित)

मानिसको स्वभाव र ब्यक्तित्व राशि अनुसार फरक फरक हुन्छ । जसको नाम अ, चू, चे, ला, ल, ली, लू, ले वा लो बाट शुरु हुन्छ उनीहरु मेष राशिका हुन्छन् । यी अक्षरबाट नाम शुरु हुने ब्यक्तिहरु आकर्षक र प्रभावशाली हुने ज्योतिषशास्त्रीको भनाइ छ । यिनीहरुले अरु ब्यक्तिलाई सहजै आकर्षित गर्न सक्छन् ।

ज्योतिषको राशि चक्रममा मेश राशि पहिलो स्थानमा पर्छ । यो राशीको चिन्ह भेडो हो । यो राशि पूर्व दिशाको प्रतिक मानिन्छ भने यस्को स्वामी मंगल हो ।

मेष राशि अन्तर्गत अश्विनी र भरिणी नक्षत्रका चारै चरण र कृतिका नक्षत्रको प्रथम चरण आउँछ । यो राशिका मानिसमा रिस र जिद्दी स्वभाव हुन्छ । यस्ता ब्यक्ति सामान्य कुरा पनि आफूले भनेको जस्तो नभए क्रोधित हुन्छन् । र झगडा गर्न कसिन्छन् ।

हेर्नुहोस् भिडियो:-

राशी अनुसारको प्रेम सम्बन्ध थाहा पाउनुस्ः

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रेममा निकै समर्पित हुन्छन् र प्रेमबिना मानसिक र सारीरिक रुपमा निकै कमजोर सावित हुन्छन् । प्रेम सम्बन्धमा आउने अवरोध र रोकावटलाई हटाउन ज्यानको बाजी लगाउन तयार हुन्छन् । महिलाहरुले प्रेममा सेक्सलाई प्राथमिकता दिन्छन् । कन्या राशिसँगको प्रेम सम्बन्ध सबैभन्दा सफल र राम्रो हुन्छ । कर्कट र मीन राशिसँगको प्रेम सम्बन्ध भने असफल र हानीकारक हुनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो प्रेम सम्बन्ध उतिसारो सफल मानिँदैन । झ्वाट्टै प्रेम बस्ने तर दिगो नहुने समस्या रह्न्छ र बढि भावनामा डुब्ने र सानो कुराले पनि शंका उत्पन्न गर्ने भएकाले प्रेम सम्बन्ध दिगो रहन सक्दैन । प्रेममा सहानुभुति चाहनु यो राशिका महिलापुरुषको कमजोरी हो । मेष, वृश्चिक, धनु तथा मकर राशिसँग प्रेम सम्बन्ध राख्नु क्षति बेहोर्नुबाहेक केही होइन । अरु राशिसँग प्रेम गर्नु तुलनात्मक रुपमा सामान्य रहन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह मनमा कुरा अडाउन नसक्ने र आवेशमा आइहाल्ने खालका हुन्छन् । यिनीहरुले धनसम्पत्ती र प्रेमलाई समान महत्व दिने भएकाले प्रेमको मामिलामा उतिसारो सफल मानिँदैनन् । प्रेम सम्बन्ध खासै दिगो नहुने भएपनि जति समयसम्म प्रेम रहन्छ त्यो निकै रोमान्टिक हुन्छ । खासगरी मिथुन राशि र सिंहराशिबीचको प्रेम सम्बन्ध निकै सफल र नाटकीय हुन्छ । धनु राशिसँगको प्रेम दार्श्निक हुन्छ । तर वृश्चिक राशिसँगको प्रेम भने असफल हुन्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो यो राशिका नारी पुरुषहरु साँचो र दिगो मायाप्रेम गर्ने खालका हुन्छन् । आफुले चाहेको व्यक्तिलाई प्रेमजालमा फसाउन खप्पिस हुन्छन् । निकै मायालु तथा दयालु स्वभावका हुन्छन् र सानातिना अवरोधले विचलित हुँदैनन् । विपरित लिंगीप्रतिको आकर्षण पनि बढि हुन्छ । तरपनि सिंह, धनु र मकर राशिसँगको प्रेम भने उतिसारो सफल हुँदैन । अरु राशिसँगको प्रेम सफल हुने देखिन्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे यो राशिका महिलापुरुष अहंकारी हुन्छन् । तरपनि प्रेमसम्बन्धमा समर्पणको कमी हुँदैन । प्रेमीप्रेमीकाको सधै भलो चाहन्छन् । झ्वाट्ट प्रेम गर्नुभन्दा सबैकुरा सोँचविचार गरेर मात्र माया प्रेम गर्ने स्वभाव यो राशिमा हुन्छ । यो राशिका महिला पुरुषले मेष, मिथुन, तुला तथा धनु राशिका सँग प्रेम गर्नु उपयुक्त हुन्छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो यो राशिका महिला पुरुष प्रेममा तनाब लिइरहने प्रकृतिका हुन्छन् । निकै यौनआतुर हुन्छन् र प्रेम सम्बन्धमा सेक्सलाई उच्च प्राथमिकता दिन्छन् । तरपनि आफ्नो प्रेमीपे्रमीकालाई इज्जत गर्न जान्दछन् । वृष र सिंह राशिसँगको प्रेम सम्बन्ध लाभदायक छैन अरु राशिसँग सामान्य छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते यो राशिका मानिस सावधान भएर मात्र प्रेम गर्छन् । बौद्धिक आधारमा प्रेम गर्छन् । पुरुषहरु परस्त्रीप्रति समेत आँखा लगाउने खालका हुन्छन् । शंकालु स्वभावका हुन्छन् । तुला राशिकाले सिंह र धनु राशिका सँग प्रेम गर्नु फलदायक हुन्छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु यो राशिका महिला पुरुष विलासी स्वभावका हुन्छन् र प्रेममा लिप्त हुन्छन् । भ्रमण गर्न रुचाउँछन् ।