अभिनेत्री सुजता सिटौलाव्दारा निर्मित ‘पिरतीको लुडो…’ बोलको भिडियो

काठमाडौ ९ बैशाख । अभिनेत्री सुजता सिटौलाव्दारा निर्मित ‘पिरतीको लुडो…’ बोलको भिडियो ओएसआर डिजिटल प्रालि मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा नायिका तेजुला खतिवडा, यसराज गरच आदिले अभिनय गरेका छन् । नायिका तेजुला खतिवडा फिचर्स फिल्मकी नायिका हुन् भने उनि अभिनित दर्जन बडी भिडियो यस अघि सार्वजनिक भइसकेको छ ।

लोकप्रिय गायिका शिला बिष्ट ‘अलि’ र गायक बिपिन घिमिरेको मिठो स्वर रहेको नयाँ आधुनिक गीत ‘पिरतीको लुडो…’ बोलको म्युजिक भिडियोमा लक्ष्मी पौडेलको शब्द छ भने एरेन्ज राजन इसान, कोरियोग्राफर नरेशबिर सिंह, सम्पादन टेकेन्द्र शाह, छायांकन, निर्देशन लुजा सिंहको रहेको छ । गीतको स्वाद केहि फरक छ । बिशेष गरी गायिका शिला बिष्टले यसअघि गाउने गीत भन्दा केहि फरक पाउन सकिन्छ । जस्ले गर्दा भिडियो श्रोता, दर्शक रुचिको हुन सक्ने बिश्वास गर्न सकिन्छ ।